अनेरास्ववियु सिन्धुपाल्चोकको २७ औँ जिल्ला सम्मेलन स्थगित भएको छ । 

नजिकिँदै गरेको वडा दशैँ ,तिहार,छठलगायतका पर्वहरू र सङ्गठनका जिल्ला सह(संयोजक नवीन पाण्डे र सचिवालय सदस्य समीर दोङको निधनमा सङ्गठन शोकमा रहेकोले स्थगित भएको अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला इन्चार्ज कमल बुढाथोकीले जानकारी दिए। 

‘अधिवेशनको सन्दर्भमा हामीले पार्टी नेतृत्व तहसँग छलफल गर्दा पार्टी नेतृत्वबाट पनि हाम्रो सङ्गठन अहिले शोकमा रहेकाले तत्काल अधिवेशन गर्दा शोकमा रमाइलो गरे जस्तो हुने र चाडपर्वहरू पनि नजिकिएकाले अधिवेशनपछि सार्दा हुन्छ भन्ने कुरा आएकाले अधिवेशन अहिले स्थगित गरिएको हो’, उनले भने । 

उनले अहिले केही क्याम्पस कमिटी निर्माण गर्नसमेत बाँकी रहेकाले बाँकी रहेका कमिटीहरू सबै निर्माण सम्पन्न गर्ने र सबै पालिकाहरूको अधिवेशन सम्पन्नपश्चात् जिल्ला अधिवेशन गरिने बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय