काठमाडौँ । उज्यालो संपद बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

काठमाडौँ ‘पूर्वी बेल्ट’ को उत्कृष्ट सहकारीका रुपमा आफूलाई उभ्याएको उज्यालो संपदले शनिवार चाबहिलको सूर्य इभेन्टमा एक सभाबीच साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष एवम् बागमती प्रदेशका सांसद ज्ञान बहादुर तामाङका प्रमुख अतिथि तथा विशेष अतिथि अडिटर एसोसियनका संस्थापक अध्यक्ष कमल खरेल रहेका थिए । 

सभामा संस्थाका अध्यक्ष रमेश प्रसाद तिमल्सिनाले सञ्चालक समितिको तर्फबाट आ।व २०७९/०८० को वार्षिक प्रतिवेदन  तथा आव २०७९/०८० को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए।

संस्थाले सदस्यहरूसँग आर्थिक कारोबार मात्र नभएर अन्य सामाजिक क्रियाकलापहरूमा समेत गर्दै आइरहेको अध्यक्ष तिमल्सिनाले बताए ।

संस्थाले नियमित बचत कारोबार गर्ने सदस्यहरूलाई गम्भीर प्रकृतिको रोग लागेमा,सदस्य तथा सदस्यको परिवारमा मृत्यु भएमा,सदस्य सुत्केरी भएमा र ज्येष्ठ नागरिक सदस्यहरूलाई संस्थाले सदस्यता राहत कोष मार्फत आर्थिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ । 

संस्थाले यस वर्षमात्र ५ जना सदस्यको मृत्युमा प्रति सदस्य १० हजारका दरले वितरण गरेको उनले बताए । 

१४ जना सदस्यको परिवारका सदस्यको मृत्युमा ५ हजारका दरले यस वर्षमात्रै ७० हजार खर्च गरिएको उनले बताए । त्यस्तै १३ जना सदस्यहरूलाई प्रति सदस्य २ हजारका दरले सुत्केरी पोषण खर्च,नियमित बचत कार्यक्रममा आबद्ध ६ जना वृद्ध सदस्यहरूको लागि पेन्सन खर्च बापत प्रति सदस्य २ हजार,२ जना सदस्यहरूलाई गम्भीर प्रकृतिको रोगको उपचारका लागि १० हजार दिएको हो । 

संस्थाले कारोबारलाई सहजता बनाउन डिजिटल बैँकिंक सेवा उपलब्ध गराउँदै आएको छ  । जसअन्तर्गत ‘आइएसओ’ प्रमाणित सफ्टवेयरमार्फत लेखा व्यवस्थापन तथा मोबाइल बैकिंक ई बैकिंक सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै कारोबार पारदर्शिताका लागि संस्थाले मोबाइल एपमार्फत कारोबारको जानकारी दिँदै आएको अध्यक्ष तिमल्सिनाले बताए । 

संस्थाका कोषाध्यक्ष त्रिलोचन सिग्देलले जारी गरेको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा निक्षेप १.१४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रु।३८ करोड ९५ लाख ८१ हजार तीन सय ९२ रहेकोमा यस आव भरिमा ३९ करोड ४० लाख ५८ हजार ३४ रुपैयाँ पुगेको छ । त्यस्तै ऋण लगानीमा गत वर्षको तुलनामा ०.८७ प्रतिशतले कमी आएको छ । गत वर्ष ४१ करोड ७ लाख १४ हजार दुई सय ४१ रहेकोमा यस आवमा ४० करोड ७१ लाख ५७ हजार सात सय ३८ रुपैयाँ हुन गएको छ । 

आव ०७९/८० मा जम्मा ६,४३,००,५७३ रुपैयाँ आम्दानी गरेको संस्थाले ५ करोड ८७ लाख ३१ हजार ४ सय ६२ रुपैयाँ खर्च गरेको छ । संस्थाले यस वर्ष जम्मा ५५ लाख ६९ हजार १ सय ११ रुपैयाँ नाफा गरेको छ । 

संस्थाको कुल सम्पत्ति गत वर्षको भन्दा १.७९ प्रतिशत वृद्धि भएको छ । गत वर्ष ४७ करोड ३२ लाख ९३ हजार तीन सय ४३ लाख रहेकोमा यस वर्ष ८४ करोड ५ लाख ७३ हजार ६४ रुपैयाँ रहेको छ । 

संस्थाको राष्ट्रिय सहकारी बैङ्क,नेपाल बचत तथा ऋण सहकारी सङ्घ जिल्ला सहकारी सङ्घ काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ आबद्धता रहेको छ ।

कार्यक्रम सञ्चालन संस्थाका सचिव नवीन नेपालले गरेका थिए भने स्वागत मन्तव्य रेवती प्रसाद पौडेलले राखेका थिए । सभामा १६ सय ५० भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको सञ्चालक तथा प्रचारप्रसार उपस्थित संयोजक पशुपतिनाथ तिमल्सिनाले बताए ।

कार्यक्रममा उपस्थित शेयर सदस्यहरूलाई टिका लगाएर स्वागत गरिएको थियो । मञ्चमा तडकभडक विना खादा माला लगाएर बत्ताहरू मात्रै रहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय