सिन्धुपाल्चोक । सडक दुर्घटनाबाट मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह-संयोजक नवीन पाण्डेको परिवारलाई राष्ट्रिय युवा सङ्घ नेपाल सिन्धुपाल्चोकले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
शनिवार स्वर्गीय पाण्डेको घर मेलम्ची-११ जरायोटार पुगी युवा सङ्घले एक लाखको चेक हस्तान्तरण गरेको राष्ट्रिय युवा सङ्घले जनाएको छ ।
स्वर्गीय पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो ।
सोहीअनुरूप युवा सङ्घले शनिवार स्वर्गीय पाण्डेको छोरी निहारिका र परिवार संरक्षणार्थ सहयोग हस्तान्तरण गरेको हो ।
‘स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डे की नाबालिग छोरी निहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो ।
स्वर्गीय पाण्डेको आमा,श्रीमती र एक छोरी छन् । भदौ-३० मा चौतारा साँगाचोकगढी नगरपालिका(९ घुमाउने डाँडामा ट्याङ्करको ठक्करबाट पाण्डेको निधन भएको थियो ।
नारायणी यातायात प्रा.लिद्वारा सञ्चालित तेल बोक्ने ट्याङ्करको ठक्करबाट मृत्यु भएका पाण्डे र अनेरास्ववियु सिन्धुपाल्चोकका सचिवालय सदस्य समीर दोङको परिवारलाई चौतर्फी दबाब र आन्दोलनपश्चात् बिमा रकम सहित १०/१० लाख दिने सहमति भएको थियो । निहारिका पाण्डेको पढाई खर्च बापत डेढ लाख दिने सहमति भएको थियो ।