काठमाडौँ । ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा एक दिवसीय पदयात्रा कार्यक्रम २०८० गरिएको छ ।

सुन्दरीजलबाट मुलखर्क – हिले – धाप ड्याम प्रकृति रिसोर्ट, हैबुङमा पुगेर समपन गरिएको हो ।

मेलम्ची नगरपालिका र साेट्टाे नेपालको आयोजनामा भएको पदयात्रामा साेट्टाे नेपालका महासचिव दिनेश बस्नेत, कार्यक्रममा स्वागत मन्तव्य राख्दै पर्यावरण जोगाउन तथा पर्यटन व्यवसायीहरूको लागि तालिम, पर्यटन वृद्धि गर्नको लागि यो कार्यक्रम गरिएको बताउँदै पर्यटन प्रवर्द्धनको लागि साेट्टाे नेपालले हरेक वर्ष विभिन्न गतिविधिहरू गर्दै आएको जानकारी दिनुभयो ।

त्यस्तै प्रकृति रिसोर्ट सञ्चालक सुवास काजी श्रेष्ठले इको टुरिजमको नीति अनुरूप अघि बढ्ने बताउँदै केही मोडन गर्नपर्छ भनेर यो काम गरेका बताउनुभयो । रिसोर्टमा ९० प्रतिशत कर्मचारी स्थानीय रहेको र रिसोट्टमै भैँसी पालन, अर्ग्यानिक तरकारी, फलफूल उत्पादन गरिरहेको र अहिले पनि ५००० बोट स्ट्रबेरी खेती गरिएको जानकारी दिनुभयो । 

नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य तथा नेपाल राष्ट्रिय पर्यटन ब्यबसायिक सङ्गठन अध्यक्ष पूर्ण कुँवरले नेपालमा पर्यटन प्रवर्द्धनको लागि काम गरिरहेका बताउँदै बाह्य मात्र नभई आन्तरिक पर्यटन प्रवर्द्धन कसरी गर्ने भनेर काम गरिरहेका उहाँको भनाई छ ।

कार्यक्रमका विशेष अतिथि, मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकामा धेरै पर्यटकीय क्षेत्रहरू रहेको बताउँदै यसलाई प्रवर्द्धन गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने र यसका लागि सबैसँग सहकार्य गरेर गर्न तयार रहेको बताउनुभयो ।

प्रमुख अतिथि, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्र प्रचुर पर्यटकीय सम्भावना बोकेका ठाउँहरू रहेको बताउँदै पर्यटन प्रवर्द्धनको लागि मेलम्ची नगरपालिकाले आवधिक योजना समेत बनाएको बताउनुभयो । 

नगरपालिकाका कर्मचारी लगायत जनप्रतिनिधिहरूलाई देशका विभिन्न पर्यटकीय ठाउँको भ्रमण गराएको र त्यसबाट धेरै कुरा सिकेर आएका बताउनुभयो । केन्द्र सरकारले मोटरेवल पुल बनाउन वास्ता नगरेपछि नगरपालिका आफैले पुल बनाउन लागेको बताउँदै पुल बनाउन करिब २६ करोड लाग्ने २ वर्ष भित्रमा बनाउने लक्ष रहेको बताउनुभयो । 

साथै पर्यटन व्यवसाय गर्न चाहने नगर बासीहरूको लागी नगरपालिकाले गर्नुपर्ने सहयोगमा कमी नहुने उहाँको भनाई छ । साथै उहाँले पर्यटन ब्यबसायीहरूलाई १३ वटै वडाको भ्रमण गर्न पनि आग्रह गर्नुभयो । साेट्टाे नेपालका अध्यक्ष कार्यक्रमका सभापति भुवन पाण्डेले पर्यटन प्रवर्द्धन मार्फत स्थानीयको रोजगारी समेत सृजना गर्नको लागी संस्थाले भूमिका खेल्ने र पर्यटन प्रवर्द्धन भएमा स्थानीयले समेत फाइदा लिन सक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय