काठमाडौँ । काठमाडौँको ‘पूर्वी बेल्ट’को उत्कृष्ट सहकारीका रुपमा आफूलाई उभ्याएको उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

सदस्यहरूलाई मुख्य केन्द्र विन्दु मान्दै सिन्धुपाल्चोक,काठमाडौँलगायत अन्य जिल्लाका समेत सदस्य रहेकाे सो सहरकारीले धुम्बाराहीको सूर्य इभेन्टमा भाेलि (शनिवार) साधारण सभा गर्न लागेको हो । 

तीन वटा सहकारी एकीकरण गरेर विना समस्या सञ्चालनमा रहेको उज्यालो संपदले चाबहिलमा मुख्य केन्द्र नारायण्टार र ब्रम्हखेलमा सेवा केन्द्रको स्थापना गर्दै सेवा दिँदै आइरहेको छ । 

जम्मा २९ सय ५० कुल सदस्य रहेको सहकारीको नियमित बचत तर्फ २२ सय ७५ सदस्य रहेका छन् । ५ करोड २५ लाखको शेयर रहेको साे सहकाीमा मासिक ५ सयदेखि १ हजारसम्म कुल सदस्यहरूले बचत गर्दै आइरहेको उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेश प्रसाद तिमल्सिना बताउँछन् । 

संस्थाको वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने,लेखा परीक्षण पारित गर्ने,कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन तथा बजेट प्रस्तुत गरी पारित गर्ने,लेखा समितिद्वारा सुपरिवेक्षण प्रस्तुत गरी पारित गर्ने लेखा परीक्षक तोक्ने र लेखा परीक्षकको पारिश्रमिक तोक्ने,संस्थालाई आवश्यक विभिन्न नीतिहरू पारित गर्ने,सञ्चालक समितिको रिक्त पदमा पदपूर्ति गर्ने आदि विषय प्रस्तुत हुने अध्यक्ष तिमल्सिनाले बताए । 

कोरोनाका बेला पनि घरघरमा पुगेर सेवा प्रदान गर्दै आइरहेको साकोसले अहिलेको आर्थिक मन्दीमा आवश्यक परेका सदस्यहरूलाई नियम अनुसार ऋण प्रदान गरिरहेको सञ्चालक तथा प्रचारप्रसार उपस्थित सम्योजक पशुपतिनाथ तिमल्सिनाले बताए ।

नियमित बचतलाई अनिवार्य गर्दै अघि बढिरहेको उज्यालो संपदमा समान शेयरको अवधारणा रहेको उनले बताए । ‘हामीले एकजना सदस्यको १ लाख ५० हजार भन्दा धेरै शेयर राखेका छैनौँ । त्यसैले हामीले यो सन्देश पनि दिन खोजेका हौँ की उज्यालो संपद समान शेयर अवधारणामा चल्छ’,उनले भने । 

उनले रेमिटेन्स सम्बन्धी सम्पूर्ण काम गर्दै आइरहेको समेत बताए। पूर्वी बेल्टमा रहेका सहकारी मध्ये उत्कृष्टता हासिल गरेको सो सहकारीले आफ्नै मोबाइल बैकिंङसमेत खोलेको छ । 

आपत्कालीन समयमा सदस्यहरूले आपत्कालीन सुविधाअन्तर्गतको सेवा पाउने तिमल्सिनाले बताए । करिब ५० करोडको हाराहारीमा चलिरहेको साकोसले असोज ६ गते साधारण सभा गर्दै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय