काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ४ बाट वडाअध्यक्ष मा माओबादी केन्द्रबाट उत्तममणी सापकोटाको उम्मेदवारी परेको छ।

नेकपा माओबादी केन्द्र मण्डनदेउपुर नगरकमिटि बाट सर्वसम्मत नेतृत्व चयनको प्रकृया हुदै उम्मेदवारको रुपमा छनोट भएका थिए। जनयुद्वकालीन अबस्थादेखी नै पार्टीमा सक्रिय सापकोटा उक्त वडामा बिकास प्रेमी नेताको रुपमा परिचित छन्।

१२ गते मण्डन देउपुर स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले उम्मेदवार दिएका हुन्। नगरकमिटिको निर्णयबाट गठबन्धनको बिषयमा छलफल हुदा माओबादीको पक्षमा निर्णय भएपछि उनी आधिकारिक रुपमा गठबन्धनको तर्फबाट उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका हुन् । मण्डनदेउपुरका वडाहरुमा समाजबादी र माओबादी बिच गठबन्धन बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय