सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको समन्वय तथा रिड नेपालको आयोजनामा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ ५९ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । 

आज (शुक्रवार) मेलम्चीमा ‘हरित विद्यालय निर्माणमा विद्यार्थीको भूमिका’ शीर्षकमा आधारभूत तह वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्दै रिड नेपालले ५९ औँ  बाल दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उप-प्रमुख उमा प्रधानले विद्यार्थीहरूका हरेक क्रियाकलापमा विद्यालय जिम्मेवार रहनुपर्ने बताउनुभयो । देशलाई समृद्ध दिशातर्फ डोर्‍याउन विद्यार्थीहरूले विद्यालयबाट नै आफ्नो भविष्यको सुन्दर रेखा कोर्ने भन्दै उहाँले बालमैत्री वडा घोषणा गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले बालमैत्री वडा घोषणाका लागि विद्यालयहरू तयार रहनुपर्ने समेत बताउनुभयो । 

‘बालबालिकामा सबै तह सरकारको समुदाय र विद्यालय सबैको अधिकार र जिम्मेवार रहेको छ । विद्यार्थीहरू विद्यालय आउने पठन पाठन गरी घर फर्कने र घरमा गएर होमवर्क आदि कार्य गर्ने मात्र विद्यार्थीको काम नभई सरसफाइलगायत कुरामा ध्यान दिनुपर्दछ । बालबालिकाको अधिकारमा मेलम्ची नगरपालिका र नगर बाल सञ्जाल सदैव साथमा छ’,उहाँले भन्नुभयो । 

वक्तृत्वकला प्रतियोगितामा मेलम्ची नगरपालिकाको ६ वटा विद्यालय सहभागी रहेको रिड नेपाल परियोजनाकी संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा तेर्से माध्यमिक विद्यालयका विजय विक प्रथम,बतासे माध्यमिक विद्यालयकी सुकुमाया तामाङ द्वितीय,बतासे माध्यमिक विद्यालयकै मञ्जु तामाङ तृतीय हुनुभएको छ । त्यस्तै जनजागृति माध्यमिक विद्यालयकी सृष्टि तामाङ सान्त्वना हुनुभएको  संयोजक  सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय