मेलम्ची । बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख आर्थिक सहयोग गरेको छ । गत भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १० ÷१० लाख सहयोग गर्ने निर्णय गरेको थियो । छिमेकी पालिकाहरुमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो ।

१० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगको लागी धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले मेलम्ची नगरपालिका असल छिमेकीको रुपमा प्रस्ततु भएको भन्दै यसले गाउँपालिकालाई ठुलो सहयोग भएको बताउनुभयो । अध्यक्ष लामाले बाढी ग्रस्त तिनै पालिका मिलेर सघं र प्रदेश सरकारलाई झकझकाउनु पर्ने बताउनुभयो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने व्यस्तता कारण भोलि उपस्थित हुने नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरुः चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय