Site icon Subhatime

मण्डनदेउपुर ६ मा समाजवादीबाट डिल्लीप्रसादको उम्मेदवारी

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ६ बाट वडाअध्यक्ष मा डिल्लीप्रसाद आचार्यको उम्मेदवारी परेको छ।

एकिकृत समाजबादी मण्डनदेउपुर नगरकमिटि पार्टीभित्रबाट सर्वसम्मत नेतृत्व चयनको प्रकृयाबाट छनोट भएका आचार्यले नेकपा एकिकृत समाजबादी बाट वडाअध्यक्ष मा उम्मेदवारी दिएका थिए।

१२ गते मण्डन देउपुर स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले उम्मेदवार दिएका हुन्। नगरकमिटिको निर्णयबाट गठबन्धनको बिषयमा छलफल हुदा समाजबादीको पक्षमा निर्णय भएपछि आचार्य आधिकारिक रुपमा गठबन्धनको तर्फबाट उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका हुन्।

Exit mobile version