मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले जिल्ला स्तरिय न्यायिक संजाल निमार्ण गर्ने भएको छ । न्यायिक समिति स्थानिय तहको एक अदालत भएकाले पनि यो आवश्यक रहेको नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक उमा प्रधानले बताउनुभयो न्यायिक समितिका संयोजक उमा प्रधानको संयोजकत्वमा न्यायिक समितिका सदस्य श्रीकृष्ण श्रेष्ठर सरिता पराजुलिको उपस्थिमा बैठक बसि मेलम्ची नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समितिसंग समन्वय गरि न्यायिक प्रणालिमा एकरूपता ल्याउन जिल्ला स्तरिय न्यायिक संजाल निमार्ण गर्ने कुरालाई अगाडी बढाउने निर्णय गरेको हो । साझा सवाल,चुनौति तथा समस्याको संयन्त्रमार्फत समाधान गर्न र एक पालिका र अर्काे पालिकाको न्याय निरूपण प्रकृया बारे अनुभव आदान प्रदान गर्नको लागि जिल्ला स्तरिय न्यायिक संजाल गठन गर्ने ,वडास्तरमा मेलमिलाप केन्द्रलाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि पनि यस्को आवश्यकता रहेको प्रधानको भनाई छ । वडा मेलमिलाप संयोजक छनोट तथा मेलमिलाप केन्द्र अनुगमन गर्ने निर्णय भएको नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय