सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु गाउँपालिका-१ अम्बाथानदेखि पाँचपोखरी गाउँपालिकाको याङ्ग्रीसम्म सुरुङ मार्ग बनाउन प्रस्ताव गरेका छन् । 

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको लागि याङ्ग्री र लार्केको ९ किलोमिटर टनेल निर्माण गर्दा हेलम्बुको मुहानदेखि याङ्ग्री मुहानसम्मको सो ९ किलोमिटरको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्ग्री र याङ्ग्रीबाट हेलम्बु यातायात आवतजावतको लागि सहज हुने गरी टनेलको डिजाइन गर्न प्रस्ताव गरेका हुन् । 

याङ्ग्री र लार्केको पानी राजधानी लैजानका लागि निर्माण हुने टनेलको डिजाइन गर्दा पानीसँगै यातायातको लागि समेत सहज हुने गरी ‘निर्माण डिजाइन’ गर्न उनले आग्रह गरे । 

उनले सुरुङ मार्गका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको  बताए । ‘एडिबिले टनेलको डिजाइन गर्दा यातायात आवतजावत सहितको गर्नुपर्छ यसले गर्दा यस भेगको पर्यटन प्रवर्द्धनमा मात्र नभएर विकासमा समेट टेवा पुग्छ । त्यसको लागि त्यति धेरै बजेट पनि थप गर्नुपर्दैन यस विषयमा सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, अध्यक्ष शेर्पाले भने।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रम अन्तर्गत याङ्ग्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौँ ल्याउने तयारी छ ।

यातायात सहितको टनेल निर्माण गरिएमा हेलम्बु र पाँचपोखरी क्षेत्र दुवैतिरको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय