काठमाडौं । अमेरिकी प्रबिधिबाट उत्पादित हेयर–केयर ब्राण्ड ट्रु–मीले मिस युनिभर्स नेपाल– २०२३ को फाइनलमा एउटा महत्वपूर्ण टाइटल प्रायोजन गर्ने भएको छ ।
ट्रु–मीको आधारिक विक्रेता कम्पनी ट्रु डेर्मा एसए प्रालिका अनुसार ट्रु–मीले मिस युनिभर्स नेपाल– २०२३ का लागि ‘ट्रु ब्युटी’ शीर्षकको विधा प्रायोजन गर्नेछ ।
मिस युनिभर्स नेपाल– २०२३ को आयोजक संस्था उमङ्ग क्रिएशन र ट्रु–मीका प्रतिनिधिले बिहीबार काठमाडौंमा सो टाइटल प्रायोजना सम्झौता गरेका हुन् । सम्झौतामा उमंग क्रिएशनका संस्थापक उद्धव अधिकारी र ट्रु–मीका ब्राण्ड कन्सल्टेन्ट दीपक जैसवालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नेपालको सौन्दर्य प्रतियोगिताको एउटा हिस्सा हुन पाएकोमा ट्रु–मीका ब्राण्ड कन्सल्टेन्ट जैसवालले खुशी व्यक्त गरे । त्यसैगरी उमंग क्रिएशनका संस्थापक अधिकारीले टाइटल प्रायोजनका लागि ट्र–मीलाई धन्यवाद दिए । ट्रु–मी अघिल्लो महिना मात्रै आफ्ना उत्पादनहरु नेपाली बजारमा ल्याएको हो ।
आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलव्ध हुने जनाएको छ । केराटिन, स्याम्पु, ट्रिटमेन्ट, हेयर सिरम, वाक्स लगायत कस्मेटिक उत्पादनहरु समेटिएको ट्रु–मीका हेयर–केयरका सामग्री त्यत्तिकै गुणस्तरीय पनि रहेको कम्पनीको भनाइ छ । मिस युनिभर्स नेपाल– २०२३ को फाइनल भने ९ सेप्टेम्बरमा हुँदै छ । प्रतियोगिताको यो चौथो संस्करण हो ।