काठमाडौँ । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मन्चले तीज विशेष कार्यक्रम २०८० गर्ने भएको छ ।
भदौ १६ गते शनिवार शान ब्याङ्केट खहरेमा सम्पर्क मन्चले कार्यक्रम गर्न लागेको सम्पर्क मञ्चका अध्यक्ष राजन आचार्यले जानकारी दिनुभयो ।

नेकपा एमालेकी स्थायी कमिटी सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यतामा हुन गइरहेको कार्यक्रममा नेपालमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने सिन्धुपाल्चोक काठमाडौँ क्षेत्र नम्बर २ सम्पर्क कमिटीका अध्यक्ष पशुपति तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष सम्पर्क मन्चले तीज विशेष कार्यक्रम गर्दै आइरहेको छ ।