काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ८ बाट वडा अध्यक्ष मा माओबादी केन्द्रबाट निरन्जन बिष्ट (दिप) को उम्मेदवारी परेको छ।

नेकपा माओबादी केन्द्र मण्डनदेउपुर नगरकमिटि अध्यक्षसमेत रहेका बिष्ट पार्टीभित्रबाट सर्वसम्मत नेतृत्व चयनको प्रकृयाबाट उम्मेदवारको रुपमा छनोट छनोट भएका थिए। जनयुद्वकालीन अबस्थादेखी नै पार्टीमा सक्रिय बिष्टले जनयुद्वमा आफ्नो बाबु समेत गुमाएका थिए। मण्डनदेउपुरमा उनी लोकप्रिय नेताको रूपमा परिचित छन्।

१२ गते मण्डन देउपुर स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले उम्मेदवार दिएका हुन्। नगरकमिटिको निर्णयबाट गठबन्धनको बिषयमा छलफल हुदा माओबादीको पक्षमा निर्णय भएपछि उनी आधिकारिक रुपमा गठबन्धनको तर्फबाट उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका हुन् । मण्डनदेउपुरका वडाहरुमा समाजबादी र माओबादी बिच गठबन्धन बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय