सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले दुई विचौलियालाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीको उजुरीको आधारमा कारोवार गर्दैगर्दा चौतारा साँगाचोकगढी नगरपालिका ५ का श्याम तामाङ र ईन्द्रावती गाउँपालिका १ का मिङमार शेर्पालाई पक्राउ गरी अनुसन्धानमा राखिएकको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सहायक प्रमुख जिलला अधिकारी निराजन श्रेष्ठले जानकारि दिनुभयो । 

राहदानीको फारम तत्काल भर्ने, फोटो खिचाउने र छिटो राहदानी उपलब्ध गराउने आश्वासन दिदै दैनिक विचौलियाले सेवाग्रहीलाई दुःख दिएको भन्ने गुनासो बढेकोले विचौलियाको निगरानी जिल्ला प्रशासन कार्यालयले बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय