सिन्धुपाल्चोक । विश्व हिन्दु महासङ्घ नेपाल सिन्धुपाल्चोक जिल्ला कार्य समितिद्वारा जिल्ला प्रशासन कार्यालयमा । ज्ञापन पत्र बुझाएको छ । सोमबार विश्व हिन्दु महासङ्घ नेपाल सिन्धुपाल्चोकले गौहत्या र धर्म परिवर्तन जस्ता अवाञ्छित क्रियाकलाप तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका हुन् ।
परापूर्व कालदेखि संसारको एक मात्र हिन्दु राष्ट्रको विशिष्ट पहिचान बनाएको नेपाललाई विना कारण २०६३ को अन्तरिम संविधानमा हिन्दु राष्ट्रको परिचय मेटेर धर्म निरपेक्ष लेखियो । संसारमा अहिले पनि इसाई, इस्लाम, बौद्ध, यहुदी सहितका थुप्रै राष्ट्रहरू आफ्नो धार्मिक परिचयले चिनिँदै आएका छन् । पृथ्वीनारायण शाहले नेपाल नै असली हिन्दुस्थान हो भनेको कुरा सत्य हो । विश्वको शिरोभाग सगरमाथाको देश वेदादि शास्त्रको उद्गम स्थल ज्ञान भूमि तपोभूमी ने वास्तविक हिन्दुस्थान हो ज्ञापन पत्रमा भनिएको छ ।
पछिल्लो समय धरानमा बाल गोपाल मन्दिर नजिकै छलकपट गरी स्थानीयलाई प्रलोभनमा पारी चर्च बनाएर सनातनीहरूलाई मर्माहत बनाएको विषय सेलाउन नपाउँदै दिनदहाडै गाई गोरुको हत्या गरी खुलेआम मांस भागभण्डा गरी खाए खुवाएको घटनाले सरोकारवाला सबैलाई स्तब्ध पारेको छ । यो पूर्णतः संविधान विरोधी, संस्कृति विरोधी र धार्मिक सद्भाव विरोधी कर्म हो । यस कुकृत्यको हामी घोर भर्त्सना गर्दछौँ । हालै तथ्याङ्क कार्यालयले प्रकाशित गरेको २०७८ को जनगणनाको धार्मिक महलको नतिजा अनुसार पनि हिन्दु ॐकार परिवार सनातनीहरूको सङ्ख्या ९३.१७ प्रतिशत रहेको देखिन्छ । देशको संविधान र कानुनले पनि खुलेआम धर्म परिवर्तन गराउन र राष्ट्रिय जनावर गौ माताको हत्या गर्नु दण्डनीय अपराध मानेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यति हुँदा हुँदै पनि धर्म परिवर्तन गराउने र गौहत्यामा संलग्न रहेका संस्था वा व्यक्तिहरू माथि कुनै कारबाही भएको पाइँदैन । सरकार स्वयं संविधान र कानुन कार्यान्वयनमा उदासीन र मूकदर्शक रहेको दुःखद अवस्था छ मुलुकमा सनातनीहरूको सङ्ख्या अत्यधिक रहे पनि सरल, शान्त, अनुशासित र सहनशील भएको फाइदा लिएर हेप्ने गर्दै जाने हो भने निकट भविष्यमा देशमा ठुलो धार्मिक द्वन्द्व हुने खतरा निम्तिने निश्चित छ । त्यस्तो अवस्था आउन नदिने हो भने सरकारले तुरुन्त यस्ता घटना रोक्नु पर्छ दोषीलाई कडा कारबाही हुनुपर्छ भन्ने प्रमुख जिल्ला अधिकारी मार्फत हाम्रो जोडदार माग रहेको विश्व हिन्दु महासङ्घ नेपाल बागमती प्रदेश सदस्य दीपक पौडेल जानकारी जानकारी दिनुभयो ।
अन्यथा मुलुक अन्त्यहीन द्धन्दको अवस्थामा जान सक्ने निश्चित छ । तसर्थ श्रीमान् प्रमुख जिल्ला अधिकारीबाट यस विषयमा तत्काल दोषीलाई कारबाही गरी अवाञ्छित क्रियाकलाप रोक्न अनुरोध छ पौडेलले भन्नभयो । विश्व हिन्दु महासङ्घ केन्द्रीय सदस्य पूर्ण प्रसाद सापकोटा, बागमती प्रदेश सदस्य दीपक पौडेल, सिन्धुपाल्चोक कोषाध्यक्ष होम नाथ चौलागाई विश्व हिन्दु महासङ्घ नेपाल सिन्धुपाल्चोकका सदस्य कृष्ण प्रसाद पौडेल, गणेश प्रसाद सापकोटा सुदर्शन सापकोटा लगायतको टोलीले उक्त ज्ञापन पत्र बुझाएको विश्व हिन्दु महासङ्घका अध्यक्ष डा. रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।