Site icon Subhatime

अनेरास्ववियु क्रान्तिकारीका स्ववियु सभापति दाहालको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ 

सर्लाही । बरथवा नगरपालिका स्थित श्री शुभ जनता बहुमुखी क्याम्पसमाबाट प्रहरीले अर्काको नाममा परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। 

चतुरभुजेश्वर बहुमुखी क्याम्पसमा (अनेरास्ववियु क्रान्तिकारी)बाट स्ववियु सभापति निर्वाचित भएका प्रेम प्रसाद दाहालले पैसा दिई उनलाई आफ्नो मानविकी सङ्कायअन्तर्गत दोस्रो वर्षको परीक्षा दिन पठाएका थिए ।

इलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी नायब उपरीक्षकको कमान्डले परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिँदै गरेको  विशेष  सूचनाको आधारमा आज दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

परीक्षा दिने व्यक्तिको नाम भने खुलेको छैन घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Exit mobile version