Site icon Subhatime

प्रकृतिको कहरलाई जित्न सकिँदैन ,जोखिम कम गरेर बाँच्न र जोगाउने तर्फ लाग्नु पर्छ :पुर्वमन्त्री तामाङ


सिन्धुपाल्चोक । नेकपा एमालेका नेता एवम् पुर्व मन्त्री शेर बहादुर तामाङले प्राकृतिक विपत्तिमा सबै नागरिक र राज्यका हर निकायहरु तदारुकताका साथ खटिन जरुरी रहेको बताउनुभएको छ । सामाजिक संजाल फेसबुकमा हेलम्बु गाउँपालिका वडा नम्बर ४ स्थित सरस्वती माध्यमिक विद्यालयको बाढिले कटान गरेको भिडियो पोष्ट गर्दै तामाङ्ले प्राकृतिक विपत्तिमा राज्यका हर निकायहरुले समयमा नै विपद जोखिम न्यूनीकरणका उपाय खोजेर काम गर्नु पर्ने भन्दै ब्यक्तिहरु पनि विपत्तिमा सस्तो लोकप्रियताको लागीमात्र आफुहरुलाई प्रस्तुत गर्न नहुने बताउनुभयो । तामाङले यस बिषयमा आफुले हिउँदमै नेपाल सरकार राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणलाई सचेत गराएको उल्लेख गर्दै प्राधिकरण कुनै कार्य योजना नबनाई कानमा तेल हालेर बसेको आरोप लगाउनुभयो । सिन्धुपाल्चोक क्षेत्र नम्बर २का पुर्व सांसद समेत रहनु भएका तामाङ्ले स्थानीय बजेट र प्रदेशको बजेट केबल झारो टार्ने हिसाबले मात्र खर्च भन्दै बजेट कहाँ केमा खर्च भयो कुनै हिसाब प्रष्ट नभएको उल्लेख गर्नुभएको छ । उहाँ म्ले खोलाको बाढीको प्रकृति हेर्दा आगामी १०-१५ वर्ष दु:ख दिने खालको देखिएको बताउनुभएको छ ।

सरस्वती माध्यमिक विद्यालय ग्याल्थुम, हेलम्बु सिन्धुपाल्चोकको एउटा भवन मेलम्ची खोलाको बाढीले बगाएको छ । अब मूल भवन उच्च जोखिममा रहेको छ । सम्भवत नदीको कटान यही रफ्तारमा रहेमा बाँकी भवनको साथै सिंगै ग्याल्थुम बजार छिट्टै बग्ने स्थिती छ । तामाङले सामाजिक संजालमा लेख्नुभएको छ । जति सकिन्छ त्यति नै जोगाउन तर्फ लाग्नुनै बुद्धिमानी हुने तामाङ्को सुझाव छ ।

Exit mobile version