सिन्धुपाल्चोक । देशभर महामारीको रुपमा फैलिएको ‘आइ फ्लु’ अर्थात् आँखा पाक्ने रोग रोकथाम तथा नियन्त्रणका लागि चस्मा तथा ‘आइ ड्रप’ सहयोग गरिएको छ । 

मेलम्ची नगरपालिका वडा नम्बर ८ केउरिनीको श्री जलवाई देवी माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि चस्मा र ‘आइ ड्रप’ सहयोग गरिएको हो ।

‘लाभ गाउँ कृषि तथा पशुपन्छी फर्म’ का प्रोप्राइटर युवा ब्यबासायी तथा युवा समाज सेवी विक्रम तामाङको सहयोगमा उपलब्ध सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनय तामाङलाई हस्तान्तरण गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय