सिन्धुपाल्चोक । अनेरास्ववियु सिन्धुपाल्चोकले सिन्धुपाल्चोकका माध्यमिक विद्यालयहरूमा कमिटी गठनलाई आक्रामक ढङ्गले अघि बढाएको छ । 

केन्द्रीय कमिटीको निर्देशन अनुसार अनेरास्ववियु सिन्धुपाल्चोकले कमिटी गठनलाई आक्रामक ढङ्गले अघि बढाएको हो । 

सोमबार अनेरास्ववियु सिन्धुपाल्चोकले इन्द्रावती-१० स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा ‘प्लस टु’ कमिटी गठन गरेको छ । अनेरास्ववियु सिन्धुपाल्चोकका सह संयोजक नवीन पाण्डेको प्रमुख आतिथ्यतामा कमिटी गठन गरेको हो । 

नवीन लम्सालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियु सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकका अधिकांश विद्यालयहरूमा अनेरास्ववियुले कमिटी गठन गरिसकेको छ । शैक्षिक मुद्दालाई खरो रुपमा अघि सार्ने सङ्गठन रहेको दाबी गर्दै आएको अनेरास्ववियुले पछिल्लो समय सिन्धुपाल्चोकमा कमिटी गठनलाई तीव्रता दिइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय