मेलम्ची । मेलम्ची नवलपुर चौतारा सडक अन्तर्गत मेलम्ची बगुवा खण्डको कालोपत्रे गर्ने कार्यको सोमबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूले शिलान्यास गर्नु भएको छ । 

बागमती प्रदेश सरकारबाट विनियोजित बजेटको ठेक्का मार्फत निर्माण हुन लागेको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं। १० का वडाध्यक्ष अमृत खनाललगायत स्थानीयहरूको सहभागिता रहेको थियो । 

मेलम्ची (बगुवा खण्डको ५ किमी लामो उक्त सडक  २०८२ जेठ २८ मा निर्माण सम्पन्न गर्ने गरी ॐ बुद्ध नयाँ युग  जेभीले निर्माणको जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन गर्ने  सो सडक  कालोपत्रेका लागि रु १७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रुपैयाँमा टेन्डर परेको निर्माण व्यवसायी दामोदर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय