सिन्धुपाल्चोक । अनेरास्ववियु केन्द्रिय कमिटीको दोस्रो पुर्ण बैठकको निर्णय अनुसार “MISSION CLASSROOM : EXPLORE THE NEXT GEN LEADER ” अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको सबै शैक्षिक संस्थाहरुमा अनेरास्ववियुको संगठन विस्तार एवम् सदस्यता वितरण तिव्र रुपले अगाडि बढिरहेको छ । त्यसै अनुरुप जिल्लाको एक मात्र बहुप्राविधिक शिक्षालय दिनेश राम्जी स्मृति बहुप्राविधिक शिक्षालयमा अनेरास्ववियु जिल्ला कमिटी सिन्धुपाल्चोक सह-संयोजक नवीन पाण्डे को प्रमुख आतिथ्यतामा संगठनको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलन मा अनेरास्ववियु CTEVT राष्ट्रिय कमिटिका सहसचिव द्वय यम कुमार गेलाल र सुमित चौधरी को विशेष आतिथ्यतामा चौतारा बहुमुखी क्याम्पसलो सभाहल मा सम्पन्न भएको अनेरास्ववियु दिनेश राम्जिको संस्थापक अध्यक्ष एवं जिल्ला कमिटी सदस्य उज्ज्वल रायमाझी ले जानकारी दिनुभयो ।
जिल्लामा बाह्र स्थानिय तहमा प्राविधिक क्षेत्रमा ठूलो संख्यामा कर्मचारी आवश्यक रहने र जिल्ला भित्रकै शिक्षालयलाई थप उचाइ प्रदानको लागि शिक्षालयबाट उत्पादित जनशक्ति लाई विशेष प्राथमिकता राख्नुपर्ने र यसको लागि अनेरास्ववियु सिन्धुपाल्चोक को तर्फबाट सोही कार्यक्रम मार्फत सबै स्थानीय तहलाई अनुरोध गर्दै यसका लागि सम्बन्धित क्षेत्रहरुमा छलफल गरिने र कार्यान्वयनको पक्षमा स्थानिय सरकार समक्ष सम्झौता गर्नेगरी वातावरण सृजित गर्न सरोकारवाला हरुसँग तत्काल छलफल अगाडि बढाउने कार्यक्रमका प्रमुख अतिथि नवीन पाण्डेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
CTEVT सम्बन्धन प्राप्त गरि संचालित धेरैजसो शैक्षिक संस्थामा एकै खालको समस्याहरु देखा परेको र यस्ता समस्या समाधानका लागि CTEVT राष्ट्रिय कमिटी निरन्तर लागेको र भोलिका दिनमा समेत थप योजनाका साथ समस्या समाधानको निमित्त उभिन कार्यक्रमका विशेष अतिथि यम कुमार गोलालले आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि सुमित चौधरीले केही समय अघि मात्र स्वास्थ क्षेत्रमा अस्वाभाविक रुपले वृद्धि गरिएको शुल्कप्रती CTEVT राष्ट्रिय कमिटी को नेतृत्वमा गरिएको आन्दोलन सामु घुँडा टेक्न वाद्य बनाइएको र विद्यार्थी को हरेक समस्या र चुनौती मा अनेरास्ववियु सदैव साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
दोस्रो सम्मेलन मार्फत अध्यक्षमा सन्तोष भट्टराई उपाध्यक्ष हरुमा क्रमश भोराज मल्ल र नविना पराजुली साथै सचिव खडग थापा सहित ८ पदाधिकारी सहितको ४१ सदस्यीय कमिटी निर्वाचित भएको चौतारा बहुमुखी क्याम्पसको स्ववियु सचिव तथा जिल्ला सदस्य सुशील लोप्चन ले जानकारी दिनुभयो ।
नवनिर्वाचित कमिटीका पदाधिकारी सहित कार्यक्रमका प्रमुख अतिथिको नेतृत्वमा शिक्षालय भित्र विद्यमान विभिन्न समस्या हरुको विषयमा शिक्षालयको प्रशासन समक्ष ध्यानाकर्षण गराउनुका साथै असोज मसान्त भित्र प्रस्तुत समस्याहरुको हल गरिने क्याम्पस प्रशासन मार्फत विभागिय प्रमुख बिनोद बस्नेत ले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै शिक्षालय भित्र प्रयोगशाला,क्यान्टिन तथा अतिरिक्त क्रियाकलाप जस्ता विभिन्न समस्याहरुको मुख्य चुनौती शिक्षालयको आफ्नै भवन नभएको र निर्माणाधीन भवन ठेक्का सम्झौता भन्दा ढिलो भएको कारण हुन गएको क्याम्पस प्रशासन मार्फत जानकारी गराउनुभयो । प्रशासन र शिक्षालयको आफ्नो समस्याको कारण विद्यार्थी हरुको पठाइको कुनै खालको सम्झौता गर्न नसकिने हुँदा तत्काल यस्ता समस्याको समाधान सँगै उत्कृष्ट प्राविधिक शिक्षालयको रुपमा स्थापित गराउन अनुरोध गर्दै भोलिका दिनमा समेत यस्ता समस्याहरु रहिरहने हो भने अनेरास्ववियु सिन्धुपाल्चोक मौन नबस्ने संगठनका जिल्ला सदस्य समीर दोङले जानकारी दिनुभयो ।
नवनिर्वाचित कमिटी लाई बधाई सहित उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षालयमा गुणस्तर अभिवृद्धि को लागि विद्यार्थी, शिक्षक, अभिभावक र संचालक समिती सबैको चौतर्फी लगाव हुनुपर्ने र संगठनको तर्फबाट आवश्यक साथ सहयोगको लागि जुनसुकै समय तयार रहने कार्यक्रमका अध्यक्ष उज्ज्वल रायमाझी ले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय