सिन्धुपाल्चोक ।  अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटी महिला  विभागद्वारा आयोजित विभाग पूर्णता एवम् प्रशिक्षण कार्यक्रम सङ्गठनका केन्द्रीय कमिटी सचिव अञ्जना सिवाकोटी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

विभाग पूर्णता एवम् प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी सिवाकोटीले  संविधान र कानुनले नै निश्चित प्रतिशत महिला हरूको प्रतिनिधित्व सुनिश्चित गरे पनि चुनावी राजनीतिमा महिलाको भूमिका प्रभावशाली नहुनुमा नेपालको सामाजिक चरित्र दोषी रहेको बताउनु भयो । उहाँले नेपालको संविधानले महिलाहरूको कम्तीमा  ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेता पनि केही कमिटी या समितिमा दृष्टिकोण न परेको बताउनुभयो । 

“महिला हरूमा  पारिवारिक देखि  सामाजिक तहसम्म महिलाको सहभागिता र सुनिश्चितता बारेमा सबै जानकार हुनुपर्ने र त्यसो भए मात्र महिलाले राजनीति प्रति राखेको सोचको विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रमका विशेष अतिथी अनेरास्ववियु स्थायी कमिटी सदस्य एवम महिला बिभाग प्रमुख भवानी बजगाइँले विगतको विरासत कायम गर्दै अनेरास्ववियुले महिला दिदिबहिनी हरुलाई संगठनमा मात्र नभइ जनसरोकार र सामाजिक क्षेत्रको हरेक स्थानमा महिलाहरुलाई नेतृत्वदायी भुमिकामा स्थापित गर्न सदैव अनेरास्ववियु सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कुशल नेतृत्वको रुपमा महिलाहरु पनि सक्षम छन् भन्ने एक ज्वलन्त उदाहरणको रुपमा अनेरास्ववियु सदैव स्थापित भएको र अन्य राजनीतिक संगठनले समेत अनेरास्ववियु लाई उदाहरणको रुपमा लिँदै आएको बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियु सिन्धुपाल्चोकको सह–संयोजक नवीन पाण्डेले कार्यक्रमको प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण लाई स्वागत सहित समाजमा आज पनि महिलाहरु भएकै कारण राजनीतिमा लाग्न नहुने र लाग्दा पनि सहायक पदमा रहेर काम गर्नुपर्ने जुन संकीर्ण सोच रहेको छ, त्यसको उन्मुलन नै अनेरास्ववियु सिन्धुपाल्चोकको प्रमुख उदेश्य रहेको बताउनुभयो । विभिन्न क्षेत्रमा महिलाहरुको सहभागिता नहुनुको धेरै कारणहरु रहेका छन्, यद्यपी महिला क्षेत्रमा देखिएका विविध समस्यालाई समाधान का लागि अब महिला स्वयम् अब्बल र शिक्षित हुँदै सृजित विभिन्न अवरोधलाई सामाना गर्दै अगाडि बढ्न सक्ने साहस एवं विश्वासको साथ आफुलाई विकास गर्नुपर्ने र त्यसका लागि आवश्यक सहजीकरण मा अनेरास्ववियु सिन्धुपाल्चोक सदैव साथ रहने प्रतिबद्ध रहेको बताउनुभयो ।

  अनेरास्ववियु बागमती प्रदेश संयोजक सालिकराम पराजुली  लगायत अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य एवम् सिन्धुपाल्चोक जिल्ला इन्चार्ज कमल बुढाथोकी अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला संयोजक शितल मोक्तान लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने अनेरास्ववियु जिल्ला आयोजक कमिटीका पदाधिकारी हरू नगर कमिटी क्याम्पस कमिटीका पदाधिकारी सहितको उपस्थितिमा सम्पन्न भएको अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटी महिला विभाग प्रमुख सबिना कार्कीले   जानकारी दिनुभयो । 

अनेरास्ववियु जिल्ला आयोजक कमिटी ले भदौ मसान्तभित्र नै २७ औँ सम्मेलन सम्पन्न गर्ने निर्णय गरिसकेको र सो सम्मेलन इतिहासकै सफल सम्मेलन को रूपमा स्थापित गराइ नयाँ नेतृत्व चयनको लागि महिला विभागले सबिना कार्कीको संयोजकत्वमा २५ सदस्यीय समितिको कार्यसमिति निर्माण गर्दै महिला  विभाग लाई पूर्णता प्रदान गरिएको कार्यक्रम को अध्यक्ष एवम् महिला विभाग प्रमुख कार्कीले ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय