सिन्धुपाल्चोक । आगामी स्थानीय तह नजिकिँदै गर्दा बाह्रबिसेमा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गर्नेको लर्को लागेको छ । बौद्धको होटेल यांग्रिमामा भएको कार्यक्रममा बाह्रबिसेका माओवादी केन्द्र घुम्थाङका पुराना नेता सन्त बहादुर तमाङ,वडा नम्बर ७ का वडा कमिटि सचिव सागर तामाङ , वाइसियल अध्यक्ष सुर्य लामासहित ७० जना नेता तथा कार्यकर्ता माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

उहाँहरूलाई आज नेकपा एमालेका नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले टिका र खादा लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा बाह्रबिसे नगरपालिकाका निवर्तमान अध्यक्ष एवं आगामी स्थानीय तहको निर्वाचनमा बाह्रबिसे नगरपालिकाका उम्मेदवार निमफुन्जो शेर्पाले नेकपा एमालेप्रतिको मोह सिन्धुपाल्चोकमा दिन प्रतिदिन बढेको बताउनुभयो । उहाँले नेकपा एमाले सबैको पार्टी रहेको बताउँदै सबै वर्गका मानिसलाई सङ्गठित गर्ने बताउनुभयो । ‘सिन्धुपाल्चोकमा नेकपा एमालेप्रतिको मोह दिनप्रतिदिन बढिरहेको छ । यो पार्टी विपन्न वर्गको पार्टी हो । यो पार्टी सर्वहारा वर्गको पार्टी हो । यो पार्टी बृद्धबृद्धाको पार्टी हो । यसले न कसैलाई पन्छ्याउँछ न कसैलाई पछाडि पार्छ । नेकपा एमाले सबैको पार्टी हो ’,उहाँले भन्नुभयो। उहाँले बाह्रविसेमा कांग्रेसको ज्यादती बढ्दै गएको र कांग्रेसको ज्यादतीलाई परास्त गर्न नेकपा एमालेले बाह्रविसेमा जुनसुकै हालतमा जित्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि अरुण नेपालले बाह्रबिसेमा नेकपा एमालेले जुनसुकै हालतमा जित्नुपर्ने बताउनुभयो । उहाँले बाह्रबिसेमा अब एमाले कार्यकर्तालाई एकै छिन पनि फुर्सद नभएको बताउँदै निर्वाचनमा होमिन आग्रह गर्नुभयो । ‘नेकपा एमालेले बाह्रबिसेमा जुनसुकै हालतमा पनि चुनाव जित्नुपर्छ । अब बाह्रबिसेमा नेकपा एमालेका कार्यकर्तालाई एकै छिन चिया खाने फुर्सद पनि छैन । अब एमालेलाई जिताउन बाह्रबिसेमा हामी सबै लाग्नुपर्छ । यो मेरो आग्रह हो’, उहाँले भन्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै माओवादी केन्द्र परित्याग गरि आउनुभएको सोनाम शेर्पाले माओवादी केन्द्र गरिव सर्वहारा बर्गको रगत चुस्ने पार्टी रहेको बताउनुभयो । उहाँले माओवादी केन्द्रले विकासका एजेण्डामा कुनै काम नगरेको बताउनुभयो । उहाँको नेकपा एमालेले बाह्रविसेमा जुनसुकै हालतमा जित्नुपर्ने दाबि छ । उहाँ अहिले बाह्रविसे ७ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय