सिन्धुपाल्चोक । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सिनधुपाल्चोक ईन्चार्ज गोकुल बास्कोटाले समाजवादी पार्टी र मोर्चा दुवैको भविष्य नरहेको बताउनुभएको छ । मंगलबार नेकपा एमाले सिनधुपाल्चोकको एघारौँ बैठकका वोल्दै एमालेका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य बास्कोटाले एमालेको उर्बर जिल्ला सिन्धुपाल्चोकमामा अरुपार्टि कसरि हाविहुन खोजे यसको बस्तुनिष्ट समिक्षा गर्न जरुरि रहेको बताउनुभएको हो । एमालेको मनै देखि एकताबद्ध प्रयास भएमा सिन्धुपाल्चोकमा यसको साख फर्कने नेता बास्कोटाको बुझाई रहेको छ ।
‘यो पार्टिमा लामो र धेरै रगत पसिना बगायर योगदान गर्नुभएका साथिहरु अहिले अन्यपार्टितिर लाग्नुभएको छ । त्यो समाजवादि पसल धेरै दिन टिक्नेवाला छैन, एमालेमा फर्कनुस्, बिना बिभेद पार्टिले उपयुक्त जिम्मेवारि दिनेछ ।’ – नेता बास्कोटाले भन्नुभयो । एमालेबाट वाहिरिएका वा बिभिन्न पार्टिमा लागेका तर एमालेमा नै भविष्य देखेका आम नेता कार्यकर्तालाई पार्टीमा गोलवद्ध भई सदस्यता नविकरण गर्न समेत नेता बास्कोटाले सुझाउनुभयो । नेकपा एमाले सिन्धुपाल्चोककको ईन्चार्जको जिम्मेवमरी संहाल्न बास्कोटा सोमबार नै सिन्धुपाल्चोक आउनुभएको थियो। प्रखर र प्रष्ट वक्ताको रुपमा परिचित नेतालाई ईन्चार्जको रुपमा पाउँदा एमाले सिन्धुपाल्चोकका नेता कार्यकर्ता उत्साहित देखिएका छन् । नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपाल, सचिव रामचन्द्र बस्नेतलगायतले बास्कोटालाई सिन्धुपाल्चोकमा स्वागत तथा यहाँको वस्तुगत जानकारि गराएका हुन् । पार्टीको एघारौँ बैठकलाई स्थाई कमिटी सदस्य गुरू बराल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रीय सदस्य शरेस नपाल, दावा तामाङ र प्रदेश अध्यक्ष केशब पाण्डेले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय