काठमाडौ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित ,नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव कृष्ण कुमार तामाङ समीरले मेलम्ची (११ निवासी सुजता दुलाललाई सान ईन्टरनेशनल कलेज , हाडिगाउँ,चाबहिलमा ंकक्षा १२ मा भर्ना गरि अध्ययनको लागी व्यवस्थापन गर्दिनुभएको छ ।

मंलबार एक कार्यक्रमका बिच दुलाललाई कलेजमा भर्ना गरीएको हो । गत वैशाख ९ गते बिग्रदो आर्थिक अवस्थाका कारण आत्महत्या गर्नुभएका स्व .गुरु प्रसाद दुलालकी कान्छि छोरी सुजता दुलाललाई एसईई परीक्षा उतिर्ण भएपछि कक्षा १२ अध्ययनको लागि सम्पूर्ण ब्यबस्थापन आफुले गर्ने बचन सांसद तामाङले दिनुभएको थियो। सो सांसद तामाङको प्रतिबद्धता अनुसार सुजता दुलाललाई कलेजमा भर्ना गरीएको छ ।

कलेजमा पुग्नुभएका सांसद तामाङले दुलालको लागि २ बर्ष सम्म अध्ययन गर्न लाग्ने कलेजको सम्पुर्ण खर्च ,स्टेसनरी सामग्री ,ड्रेस सहित सम्पूर्ण खर्च आफुले ब्यहोर्ने गरि कलेजमा लाग्ने खर्च कलेज प्रशासनलाई र स्टेशनरि सामाग्री र ड्रेस सुजता दुलाललाई हस्तान्तरण गर्नुभएको छ ।

साम्सद तामाङले भन्नुभयो, सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई अध्ययनको ब्यब्स्थापन गर्ने सान कलेज परिवारलाई धन्यवाद।कलेज सङ्ग सहजीकरण गर्न समन्वय गर्नुहुने नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता मधुसूदन सिग्देल प्रती आभार प्रकट गर्छु। कार्यक्रममा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता,समाजसेवी मधुसूदन सिग्देल , नेपाली काङ्ग्रेस मेलम्ची (११ का सभापति कुमार दुलाल ,त्यसै गरि सान कलेजका प्रशासन प्रमुख लगाएतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय