Site icon Subhatime

सार्वजनिक यातायात तथा नेपाल सरकारको कार्यालयहरुमा हुने बेथितिका कारण भोग्नु परेका पीडाहरू !


काठमाडौ । सन्ध्या बस्याल , हिजो कलेजबाट फर्किदै गर्दा जमल देखि चडेको गाडी चाबहिलमा २५ मिनेट रोक्यो गोपीकृष्ण हल पुगेपछी फेरि २५ मिनेट रोक्यो अनि एकजना दाईले जाऊ भन्दा न त सहचालकले सुन्यो न त चालकले नै अनि फेरि भन्नुभो “यत्ति समय कुनै गाडी रोक्न पाउँदैन ट्राफिकलाई फोन गरौ “भन्दै २ जना प्यासेन्जर अंकलले भन्नु भो यो ‘नेपाल हो भाइ, यूएस होइन!’ त्यहिँ गाडी भित्र बाट एक जना दाइको मुख बाट यस्तो आवाज सुनियो । हामी यस्तै ले गर्दा देश युएस जस्तो बन्न नसकेको ।मलाई पनि अचम्म लाग्यो ४.५ कीलो मीटरको बाटो १ घण्टा लगाइदिएको छ।त्यो अंकलहरुले कानून छैन नेपाल मा भन्न खोज्नु भएको होला तर पनि समयको महत्व पनि त बुझ्नु भएन!
म पनि काठमाण्डौ मा त्री.वि अन्तर्गत बीबीए पढाइ हुने नेपाल कै टप ५ भित्र पर्ने सरकारी क्याम्पसमा पढ्छु ।२ ओटा सेमेस्टर पूरा हुँदा वार्षिक ५०० मेडिकल चेकअप भनेर लिने चलन रहेछ साथीलाई टाउको दुखेर एउटा फार्मेसिमा सिटामोल लिन गए ढोका बन्द देखें औषधी त बाहिरै किनियो तर पनि प्रति विद्यार्थीको प्रत्येक वर्षको ५०० कहाँ गैरहेको छ त भनेर बुझ्न मन लाग्यो त्यसपछी ५ दिन लगातार फार्मेसी धाँए ढोका बन्दै भइराख्यो अनि एडमिनिसट्रेटर को सर लाई भने खासै वास्ता गर्या जस्तो देखिन फेरि केइ समयको छलफल पछि मैले ५०० नै दिदिन भन्दा बल्ल झस्केर भन्नुभो सिनियरहरूले दिराछन् पहिले बाट तिमीले अब दिन्न भनेर हुन्छ?मैले पनि भनिदिए चायो भने सरकार त परिवर्तन गर्न सकिन्छ सर यत्ति सिस्टम परिवर्तन त के होर हैन र सर?अनि मिटिङमा कुरा राख्छु भनेर सकारात्मक जवाफ पाए ।अनि ऐले बिदाको समयमा बाहेक ढोका बन्द भएको थाहा पाएका छैनौं ।५०० पुरै औषधी खर्च भनेर सदुपयोग भएको त छैन तर पनि बिरामी पर्दा आराम गर्ने कोठा त पाएका छौं। कक्षाको प्रतिनिधित्व भएर यत्ति त गरे तर तेई अंकलहरुले जस्तै मेरा केही साथीहरूले भने ‘सरकारी त हो जे काम पनि यस्तै हो’!
यो कुसंस्कारको अन्त्य कहिले होला?
सरकारी भनेर जे गर्न पनि छुट नदियौ ,आफ्नो काम र कर्तव्यलाई प्राथमिकता दिउँ , खबरदारी गर्ने अधिकार हामीसँग नहोला तर सक्दो आवाज उठाउ , सम्बन्धित अनुसन्धान निकायको पनि ध्यान जाओस्।
धन्यवाद

Exit mobile version