काठमाडौ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। चौतारामा आयोजित एक कार्यक्रमबिच राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकका नवनिर्वाचित अध्यक्ष सुरज लामाको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष कृष्ण हरि केसीको प्रमुख आतिथ्यतामा शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष कृष्णहरि केसीले मिसन नेक्स्ट इलेक्सन तार्गेट न्यु जेनेरेसन को बारेमा प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कमल नेपालले युवा हरूको जोस र जाँगरले पार्टीलाई अगाडि बढाउनको लागी अहिलेको युवाको अत्यन्त ठुलो भूमिका रहेकाले युवा शक्तिलाई क्रियाशील भएर लाग्नको लागी अनुरोध गर्दै नवनिर्वाचित कमिटीलाई शुभकामना समेत व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य महेश चौलागाईं पार्टी जिल्ला सचिव रामचन्द्र बस्नेत लगाएतले शुभकामना मन्तव्य राख्नुभएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुपाल्चोकका प्रबक्ता अबिशेक पराजुलीले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक का नवनिर्वाचित अध्यक्ष सुरज लामा लगायत सम्पूर्ण कमिटीका सदस्यलाई राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष कृष्णहरि केसीले शपथ ग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय