काठमाडौ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलबारीमा अवस्थित गोकर्णेश्वर लाइट एकेडेमीले एस.ई.ई. परीक्षा २०७९ मा सामेल भई उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूका लागि बिदाइ तथा बधाइ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष झम्कनाथ पराजुलीले गर्नुभएको थियो ।
एस.ई.ई. परीक्षामा सो विद्यालयबाट सम्मिलित २५ जना विद्यार्थी, उनीहरूका अभिभावक, माकलबारी क्षेत्रमा सञ्चालित विभिन्न महिला संघका पदाधिकारीहरू, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा कर्मचारीहरू, उत्तीर्ण हुन सफल विद्यार्थीका अभिभावकहरू, कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू लगायतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम शिक्षक श्री मधुसूदन ढुङ्गानाले सञ्चालन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लक्ष्मण आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा बोल्दै अभिभावक श्री सीताराम धिमालले आफू यस विद्यालयमा आफ्नो नानीबाबुलाई पढाउन पाएकोमा खुसी व्यक्त गर्दै उत्तीर्ण हुन सफल विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्नुभयो । कार्यक्रममा शिक्षकका तर्फबाट मन्तव्य प्रस्तुत गर्ने नेपाली शिक्षक पशुपति सापकोटाले अध्ययनसँगै संस्कारयुक्त जीवनशैलीले जीवन सार्थक बन्न सक्छ भन्ने विषयमा आफ्नो सारगर्भित भनाइ राख्नुभएको थियो । विद्यालय सञ्चालक श्री पुष्कर नेपालले विद्यार्थीको नतिजाले आफू उत्साहित भएको भन्दै विद्यार्थीको आगामी शैक्षिक यात्राका निम्ति शुभकामना व्यक्त गर्नुभयो । माकलवारी टोल सुधार समिति सचिव तथा प्रगति महिला समुहकी अध्यक्ष फुलमाया गुरुङ्ले विद्यालयलाई प्रगतिको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूलाई आउँदा शैक्षिक यात्रा अझै समुन्नत होओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । गोकर्णेश्वर ८ का वडा सदस्य श्री सुमन लामाले विद्यार्थीले सफलता प्राप्त गर्न के गर्नुपर्छ भन्ने कुराको पुष्टि गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि उपमेयर सान्नानी लामाले गोकर्नेश्वर लाइट एकेडेमी यस भेगकै उत्कृष्ट विद्यालय भएको र हरेक अतिरिक्त क्रियाकलापमा तथा शैक्षिक क्षेत्रमा प्राप्त गरेको नतिजा अझै भन्नु पर्दा क्भ्भ् को नतिजामा हरेक वर्ष जिल्लाका ८०० बढी विद्यालयमा हरेक वर्ष उत्कृष्ट तीस भित्र पर्न सफल भएर नगरपालिकामै गर्वगर्न लायक विद्यालय भएको र आगामी दिनमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल श्री सौर्यनाथ आचार्यले सबैलाई धन्यवाद व्यक्त गर्दै अभिभावकज्यूहरूको लगानीलाई कहिल्यै खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जेस्ठ नागरिक मंचका अध्यक्ष टेकनाथ अधिकारी, मुक्तिनाथ महिला समुहकी अध्यक्ष बिमला श्रेष्ठ, माकलवारी लायन्स तथा उध्यमसिल महिला समुहकी अध्यक्ष प्रमिला शेर्पा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साना विद्यार्थीहरूको नृत्य तथा उत्तीर्ण हुन सफल विद्यार्थीहरूको विद्यालय पढ्दाको अनुभवले कार्यक्रम अझ रोचक बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय