काठमाँडौँ / सुन तस्करीमा सरकार र गृहमन्त्रीको प्रत्यक्ष संलग्नता आशङ्का गर्ने प्रशस्त आधारहरू देखिने अनेरास्वबियुले जनाएको छ । 

प्रेस चौतारी नेपालका अध्यक्ष एवम् जनता टाइम्स डटकमका प्रधान सम्पादक गणेश बस्नेत विरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट साइबर क्राइमको कसुरमा फसाउने नियतका साथ शक्तिको दुरुपयोग गरी प्रहरीमा उजुरी गरिएको प्रति अनेरास्ववियुले विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सरकार तस्करीमा लिप्त छ । त्रिभुवन विमानस्थलबाट सेटिङ्गमा क्विन्टल भन्दा बढी सुन तस्करीमा सरकार र गृहमन्त्रीको प्रत्यक्ष संलग्नता आशङ्का गर्ने प्रशस्त आधारहरू देखिन्छन् अनेरास्वबियुका अध्यक्ष समिक बडालद्वारा जारी  विज्ञप्तिमा भनिएको छ ।

हजारौँ किलो सुन यो अगाडि नै केही हप्ताको अन्तरालमा तस्करी सरकारले गरिरहेको सूचना आइरहेको छ । पत्रकार बस्नेतको मात्रै प्रश्न होइन आम नेपालीको तर्फबाट वर्तमान सरकार र गृहमन्त्रीलाई हामी चुनौती दिन चाहान्छौ विज्ञप्तिमा भनिएको छ  । 

अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा सरकारबाट शक्तिको दुरुपयोग भए अनेरास्ववियु सशक्त आन्दोलनमा उत्रने समेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय