अनेरास्ववियु / सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटी सङ्गठन विभागद्वारा आयोजित सङ्गठन विभाग पूर्णता एवम् प्रशिक्षण कार्यक्रम सङ्गठनका केन्द्रीय कमिटी सचिव एवम् बागमती प्रदेश इन्चार्ज डा. सुजन कडरिया को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कडरियाले अब अनेरास्ववियु ले हरेक शैक्षिक संस्थाहरूमा MISSION CLASSROOM अभियान मार्फत स्वयंसेवक शिक्षक को रूपमा अभियान सञ्चालन गरी शैक्षिक रूपमा विद्यार्थी हरूलाई अब्बल बनाउने र त्यसका लागि आवश्यक प्रशिक्षण कार्यक्रम केन्द्रीय कमिटी को पहलमा सञ्चालन गरिने बताउनुभयो । उहाँले वर्तमान समयमा राजनीतिलाई हेर्ने दृष्टिकोण गलत भएको तर आफू एक पेसाले डाक्टर हुँदाहुँदै पनि अनेरास्ववियु मार्फत राजनीतिको मूल धार नेकपा एमालेमा आबद्ध रहेको र एमाले मार्फत नै यो देशको सकारात्मक विकास र परिवर्तन सम्भव भएको हुँदा, नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपालीको अभियान गाउँ गाउँ लैजान र अभियान सफल बनाउन आ–आफ्नो स्थानबाट सबैमा लाग्न आह्वान गर्नुभयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि केन्द्रीय कमिटी सचिव सञ्जीव धितालले अनेरास्ववियु मा आबद्ध विद्यार्थी हरू अब राजनीति मार्फत समाज र देशको लागि आवश्यक ठाउँको नेतृत्व तहमा आउन शैक्षिक एवम् बौद्धिक हिसाबले अब्बल हुँदै अध्ययनमा थप सक्रिय रही कुशल नेतृत्वको रूपमा आफूलाई स्थापित गर्न निर्देशित गर्नुभयो । उहाँले वर्तमान समयमा राजनीतिलाई हेर्ने दृष्टिकोण गलत भएको भन्दै गलत दृष्टिकोण लाई चिर्न विद्यार्थी हरूलाई अब्बल हुन अनुरोध गर्नुभयो । साथै उहाँले जिल्लाको अभियानमा केन्द्रको तर्फबाट आवश्यक सहयोगको भूमिकाको लागि मध्यस्थकर्ताको भूमिकाको लागि सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियु सिन्धुपाल्चोकको सह–संयोजक नवीन पाण्डेले कार्यक्रमको प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण लाई स्वागत सहित जिल्लामा अनेरास्ववियु लाई थप रचनात्मक र सिर्जनात्मक ढङ्गले अगाडि बढाउने र केन्द्रीय कमिटीको निर्देशन अनुरूप सङ्गठनको सदस्यता वितरणमा तीव्र रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सङ्गठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य आकाश घर्ती,सङ्गठनको केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज कमल बुढाथोकी , केन्द्रीय कमिटी सदस्य रोशनी तामाङ , नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला सचिवालय सदस्य तथा जनसङ्गठन विभाग प्रमुख कृष्णगोपाल तामाङ लगायत अनेरास्ववियु केन्द्रीय कमिटीका नेता, जिल्ला कमिटीका पदाधिकारी हरू सहितको उपस्थितिमा सम्पन्न भएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य एवम् इन्द्रावती बहुमुखी क्याम्पसको स्ववियु सभापति किसन दुलाल ले जानकारी दिनुभयो ।

सङ्गठन पूर्णता बैठक सँगै केन्द्रीय कमिटी द्वारा आयोजित सदस्यता वितरण कार्यक्रम अन्तर्गत प्रमुख अतिथि द्वारा संगठको सदस्यता समेत वितरण गर्नुभएको छ । अनेरास्ववियु जिल्ला आयोजक कमिटी ले भदौ मसान्तभित्र नै २७ औँ सम्मेलन सम्पन्न गर्ने निर्णय गरिसकेको र सो सम्मेलन इतिहासकै सफल सम्मेलन को रूपमा स्थापित गराइ नयाँ नेतृत्व चयनको लागि सङ्गठन विभागले क. पवन लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय समितिको कार्यसमिति निर्माण गर्दै सङ्गठन विभाग लाई पूर्णता प्रदान गरिएको कार्यक्रम को अध्यक्ष पवन कुमार लामिछाने ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय