सिन्धुपाल्चोक / कृष्ण ढुंगाना , नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुपाल्चोकको १९ औ जिल्ला परिषद् मेलम्चीमा सम्पन्न भएको छ । संगठनका पूर्व जिल्ला अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यमा उक्त परिषद् सम्पन्न भएको हो ।
संगठनका जिल्ला अध्यक्ष मैया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिब उद्ववकुमार लामिछानेले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष क्षेत्रप्रताप अधिकारीले आर्थिक प्रतिवेदन र महिला उपाध्यक्ष निर्मला धितालले महिला विभाग प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रमको उद्घाटन सत्रमा संगठनका पूर्व जिल्ला अध्यक्ष एवं शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, बागमती प्रदेश समिति सचिब राजेन्द्रकुमार श्रेष्ठ, प्रदेश समिति कोषाध्यक्ष गोविन्द रेग्मीले विशेष अतिथीको रुपमा मन्तव्य राख्नुभएको थियो ।
साथै शिक्षक महासंघका जिल्ला अध्यक्ष कुमार प्रसाद खतिवडा, शिक्षक महासंघ मेलम्ची नगर अध्यक्ष शिवप्रसाद ढुङ्गाना सहित विभिन्न पेशागत सङ्गठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले शिक्षकहरुले पेशागत अधिकारका लागि स्थापनादेखि नै संगठनले गरेका कामको उपलब्धीबारे चर्चा गर्दै शिक्षकले आफ्नो पेशागत अधिकार र जिम्मेवारी दुवैलाई सँगसँंगै अगाडी लैजानुपर्ने बताउनुभयो । त्यसै गरी कार्यक्रमका बोल्दै प्रदेश सचिब राजेन्द्रकुमार श्रेष्ठले परिवर्तित संरचना अनुसार संगठनको गतिबिधिलाई सक्रिय बनाउने जिम्मेवारी स्थानीय तहका समितिहरुको भएको र त्यसको समन्वय गर्ने जिम्मेवारी जिल्ला समितिको हुने भएकोले त्यही अनुसार क्रियाशिल रहन निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय