काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसइई २०७९ मा उत्कृष्ट अङ्क ल्याउने सिन्धुपाल्चोक जिल्लाका पाँच जना छात्र/छात्रा लाई सान इन्टरनेसनल कलेजले पूर्ण छात्रवृत्तिमा पठन पाठन गराउने भएको छ । अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला आयोजक कमिटीले माध्यमिक शिक्षा परीक्षा २०७९ को एसइई परीक्षामा सहभागी हरूलाई सम्बोधन गर्दै सान इन्टरनेस्नल कलेज शैक्षिक प्रशासन विभाग प्रमुख विष्णु कुमार पाण्डेले जानकारी गराउनुभएको हो । साथै यससँगै कलेजले लिने प्रवेश परीक्षामा प्राप्त नतिजाको आधारमा समेत सिन्धुपाल्चोक जिल्ला बाट एसइई परीक्षा उत्तीर्ण अन्य लाई समेत छात्रवृत्ति प्रदान गरिने र यसको लागि अनेरास्ववियु जिल्ला कमिटी ले कलेजसँग निरन्तर सहजीकरण गर्ने र सान इन्टरनेशनल कलेज सँगै विभिन्न विषयमा अध्ययन गर्न चाहने विद्यार्थी हरूको सहयात्रीको रूपमा अनेरास्ववियु सिन्धुपाल्चोक सदैव प्रतिबद्ध रहने कार्यक्रम सञ्चालक एवम् अनेरास्ववियु सिन्धुपाल्चोकको सह-संयोजक नवीन पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय