Site icon Subhatime

राष्ट्रपति पौडेलको उपचार खर्च जुटाउन अखिल सिन्धुपाल्चोक जुट्यो : मेलम्चीका सर्वसाधारणबाट एक-एक रुपैयाँ उठ्यो 

सिन्धुपाल्चोक । नेकपा एमाले निकट अनेरास्ववियु सिन्धुपाल्चोकले  राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि एक रुपैयाँका दरले चन्दा सङ्कलन गरेको छ ।

अनेरास्ववियुले मेलम्ची बजारमा गरेको कार्यक्रममा सर्वसाधारणले एक रुपैयाँका दरले चन्दा सङ्कलन गरेको अनेरास्ववियु जिल्ला आयोजक कमिटी सह संयोजक नवीन पाण्डेले जानकारी दिनुभयो  । 

सङ्कलित पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने उहाँले बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रले पत्राचार गरेपछि अनेरास्ववियुले सहयोग सङ्कलन अभियान सुरु गरेको हो ।

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्चको रकम सुरुमा आफैले बेहोर्न चाहेको बताउनुभएको थियो । तर,बुधवार उपचारमा भएको खर्च निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्ट्रपति पौडेलको आलोचना भइरहेको छ ।

चन्दा सङ्कलन कार्यक्रममा अनेरास्ववियु मेलम्ची नगर कमिटी उपाध्यक्ष सन्जिता चौलागाईं नगर कमिटी सह सचिव राजीव दुलाल ,तारा तामाङ  इन्द्रावती बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष  किशन दुलाल मेलम्ची भ्याली क्याम्पस स्वबियु अध्यक्ष पवन कुमार लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version