मेलम्ची । मेलम्ची नगरपालिकाले सुनौला हजार दिनका आमाहरुलाई पाेषण सुधार तथा आर्यआर्जन अभिवृद्धि गर्नका लागि प्रतिव्यक्ति ३ वटा बाख्रा वितरण गरेको छ । मेलम्ची नगरपालिका वडा न. १३ मा रहेको लालिगुँरास महिला बचत तथा ऋण सहकारी संस्थाका सुनाैला हजार दिनका २४ जना आमाहरूलाई बाख्रा वितरण गरिएको पोषण सहजकर्ता सरिता ढुंगानाले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर १३ का वडा सदस्य उद्वबप्रसाद ढंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकि उपप्रमुख उमा प्रधानले कुपोषण घटाउनका लागी बहुक्षेत्रीय पोषण योजनालाई प्राथामीकता दिएको बताउनुभयो ।

उहाँले बच्चाको खानपान र उचित स्याहार सुसार नभएमा वच्चाको वृद्धि विकासमा असर गर्ने भएकाले पोषणका कुरामा ध्यान दिन आमाहरुलाइ आग्रह गर्नुभयो । कार्यक्रमकि प्रमुख अतिथि समेत रहनुभएकि प्रधानले परिवारमा आयआर्जनको बाटो देखाउन सके आफुमा आत्मनिर्भर बनेर बच्चाहरूको पोषण अवस्थामा सुधार ल्याउन र आर्थिक हिसाबले अगाडी बढन समेत हौसला मिल्ने कुराको जोड दिनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले बहुक्षेत्रिय पोषण कार्यक्रमले एउटा मात्र क्षेत्रलाई जोड नदिई सात वटा क्षेत्र समेटेर काम गरिरहेको बताउनुभयो । उहाँले बच्चा तथा आमाको खानपानमा मात्र सुधार गर्ने नभएर उत्पादनमा समेत उत्तिकै जोड दिनका लागि आय आर्जनका कार्यक्रमहरु पनि समाबेस गरिएको बताउनुभयो ।

महिलाहरुलाई आर्थिक हिसाबले अगाडि बढाउन र आय आर्जनमा जोड दिनका लागि अनुदानका कार्यक्रम सन्चालन गरिरहेको खरेलले जानकारी दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य सितामाया तामाङ ,सहकारी शाखा प्रमुख सोम थोकर लगायत स्थानीयको उपस्तिथिति रहेको पाेषण सहजकर्ता ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय