Site icon Subhatime

इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले पनि राखे ‘ग्रेटर नेपाल’को नक्सा

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।

सोमबार अधिकृत शर्माले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी पनि राखेपछि नेपालमा चौतर्फी आलोचना भैरहेको छ ।

अखण्ड भारतको नक्सापछि ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुरूमा आफ्नो कार्यकक्षमा राखेका थिए ।

Exit mobile version