सिन्धुपाल्चोक / अखिल नेपाल किसान महासंघ सिन्धुपाल्चोकले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । मेलम्ची नगरपालिका ११ टारमा धान रोपाई गरेर दिवस मनाएको हो । नेकपा एमालेका स्थाई कमिटि सदस्य शेरबहादुर तामाङले धान रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । रोपाई पच्चात आयोजित कार्यक्रममा पूर्वमन्त्री एवम् एमाले नेता तामाङले हाम्रो उत्पादनले हामीलाई पुग्ने मात्र नभई विदेशमा समेत निर्यात गर्न सक्ने उत्पादन होस् भन्ने आफुहरुले चाहेको बताउनुभयो ।

कृषि उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढ्न सक्ने नीति राज्यले बनाउनपर्नेमा तामाङले जोड दिनुभयो । जंगली जनावरले दुख दिने गरेको मल, बीउ बेलैमा नपाइने अवस्थाको अन्त्यका लागि तामाङले राज्यको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा अखिल नेपाल महिलासघं, राष्ट्रिय युवा सघं, अनेरास्ववियु, लगायतको भात्रृ संगठनको समेत सहभागिता रहेको थियो ।

अखिल नेपाल किसान महासघं सिन्धुपाल्चोककी उपाध्यक्ष दुर्गा चालिसेले सुभकामना तथा धन्यवाद ब्यक्त गर्दैै कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय