Site icon Subhatime

छुपुछुपु धान रोप्दै इन्द्रावतीले मनायो असार पन्ध्र

सिन्धुपाल्चोक । “जलवायु अनुकूल कृषकमैत्री प्रविधि,धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ इन्द्रावती गाउँपालिकाले २० औँ राष्ट्रिय धान दिवस मनाएको छ । 

शुक्रवार इन्द्रावती-६ स्थित खट्पेश्वरमा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङलगायत कर्मचारी तथा स्थानीयहरूले धान रोपेर धान दिवस मनाएका हुन् ।

गाउँपालिकाको आयोजना तथा नेपाल सरकार कृषि पशुपन्छी मन्त्रालय र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको आर्थिक सहयोगमा धान दिवस मनाइएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालका स्वकीय सचिव सुनिल तामाङले जानकारी दिनुभयो । 

Exit mobile version