सिन्धुपाल्चोक / नेकपा एमाले बाट २०५४ सालमा सिन्धुपाल्चोक जिल्लाको थाङपाल धाप गा.बि.स. अध्यक्षमा निर्बाचित स्व.सुबर्ण कुमार धितालको १३औं दिनको पुण्य तिथिमा नेकपा एमाले पाँचपोखरीले आज दिउँसो १२ बजे बेशी गाउँको नबिल फुडल्याण्ड अगाडी रहेको किरियापुत्री भवनमा शोक सभा आयोजना गरेको हो ।सो शोक सभामा प्रमुख अतिथी पुर्बमन्त्री शेर बहादुर तामाङले समाज र पार्टी प्रती गरेको योगदानको चर्चा गर्नु भएको थियो । स्व.धितालको गत ज्येष्ठ ३१ गते पित्त थैलिको सामान्य अपरेसनको क्रममा नेपाल मेडिकल कलेजमा अस्पतालको लापरबाहीको कारणले असामयिक निधन भएको नेकपा एमाले जिल्ला कमिटी सचिबालय सदस्य निर्मल बन्जाराले जानकारी गराउनु भयो । उहां थाङपाल धापको मात्र नभै थाङपाल क्षेत्रकै एमालेका अभिभावक र शिक्षासेवी ,सामाजिक अभियन्ता हुनुहुन्थ्यो ।उहाँको योगदानको कदर एमाले पाँचपोखरीले शोक सभा आयोजना गरेको एमाले पाँचपोखरी गाउँपालिका कमिटी अध्यक्ष दोर्जे लामाले बताउनु भयो ।सो शोक सभामा एमाले स्थायी कमिटी सदस्य एबं पुर्ब मन्त्री शेरबहादुर तामाङ,केन्द्रिय सदस्य उषाकला राई ,पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा लगायत जनप्रतिनिधि र एमाले कार्यकर्ताको उपस्थिति रहेको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय