मेलम्ची । पोषण मैत्री वडा निर्माणका लागि मेलम्ची १० मा बिभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।
बहुक्षेत्रिय पोषण योजना अन्तर्गत पोषण मैत्री वडा निर्माणका लागि मेलम्ची नगरपालिका वडा नम्बर १० का सम्पुर्ण सुनौला हजार दिनका आमाहरुलाई कृषि ,सरसफाई, पोषण सामाग्री वितरण तथा अभिमुखिकरण कार्यक्रम गरिएको पोषण सहजकर्ता सरिता डोटेल ढुगाँनाले जानकारी दिनुभयो । सोही वडाका वडाअध्यक्ष अमृत खनालको अध्यक्षता एवम् स्वास्थ्य चौकि प्रमुख अस्मिता भण्डारी, कृषि शाखा अधिकृत नबिना कार्की, पोषण सहजकर्ता सरिता डोटेल लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय