सिन्धुपाल्चोक । सोमबार चौतारामा माओवादी केन्द्रका कार्यकर्तावीच ठूलै भिडन्त पर्यो । त्यही घानमा माओवादी केन्द्रका नेता एवं वाग्मती प्रदेशका सांसद युवराज दुलाल पनि परे ।

असन्तुष्ट पक्षले नगरपालिकाको कार्यलयमा रहेको निर्वाचन कार्यलय माओवादी केन्द्रको कार्यलयमा तोडफोड गरे । झडप हुँदा माओवादी केन्द्रका कार्यकर्ता समाजवादीका कार्यकर्ताहरुले कुटाई पनि खाए । घटनालाई साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गर्यो । कुटाई खानु,कार्यलय तोडफोड गर्नु प्रहरीले अश्रुग्यास प्रहार गर्नुको एउटै कारण छ टिकट ! चौतारासांगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रबाट सभामुख समेत रहेका अग्नि प्रसाद सापकोटाले आफ्नै भाई कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले कार्यलय तोडफोड गरेका हुन ।

बहालवाला निवर्तमान मेयर अमानसिंह तामाङसंग अग्निप्रसादको टसमसका कारण उनले टिकट पाएनन् । माओवादी केन्द्रबाट टिकट नपाएपछि अमानसिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । बाहालवाला मेयर अमानसिंहलाई टिकट नदिएको र सभामुखले आफ्नै भाईलाई च्यापेपछि कार्यकर्ता झन आक्रोशित बनेका हुन । आफुलाई टिकट नदिने थाहा पाएपछि तामाङको एमाले प्रवेश गर्ने चर्चा पनि थियो । तर,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘टिकट तपाईलाई ’ भन्ने वाक्यले अड्केका तामाङ घर न घाटको बने । तर,उनले हिम्मत गरेरै सोमबार स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

यसो त माओवादी केन्द्रले वडामा पनि विवाद मिलाउन सकेको छैन । सिन्धुपाल्चोकमा कांग्रेसले गठबन्धन नगर्ने भएपछि समाजवादी र माओवादी केन्द्रविच चौतारामा गठबन्धन भएको छ । वडाको विवाद समेत मिलाउन नसकेको माओवादी केन्द्रले वडा नम्बर १ मा समाजवादीलाई दिएपछि माओवादी कार्यकर्ता झन आक्रोशित बनेका हुन । ढुङ्गा प्रहार गर्ने कार्यकर्ता माथि सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

दुई दलिय गठबन्धन बनेको चौतारा सांगाचोकगढी नगरपालिकामा सुवास कर्मचार्यले उपमेयरमा सीता थापालाई च्याप्दा घटना झन ओझपुर्ण बनेको हो । माओवादी केन्द्रको गढ मानिने वडामा समाजवादीलाई दिएपछि माओवादी कार्यकर्ताले समाजवादी कार्यकर्तालाई हातपात पनि गरे । निर्वाचन कार्यलय तोडफोड पनि गरे । कार्यलयका सिसाहरुमा ढुङ्गा पनि प्रहार गरे ।

जनयुद्धपछि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको दैनिकीमा परिवर्तन भए तर,स्वभावमा अझै परिवर्तन हुन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेला बेलामा जनयुद्धमा जाने संकेत बर्बराउदै गर्दा अझै पनि माओवादी केन्द्रका नेताको स्वभावमा कुनै परिवर्तन हुन सकेको छैन । यसले अझै पनि जनयुद्धपछि माओवादी नेता तथा कार्यकर्ताहरु कत्तिको परिवर्तन भए भन्ने कुरा प्रष्ट थाहा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय