Site icon Subhatime

मेलम्चीको वजेट एक अर्ब ४४ करोड

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले आर्थिक वर्ष ८०÷८१ का लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरेको छ ।

शनिबार नगरपालिकाले १४ नगरसभाको अधिवेशन सम्पन्न गर्दै बजेट पारित गरेको हो ।

नगर प्रमुख आइतमान तामाले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम र उपप्रमुख उमा प्रधानले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मतिले पारित भएको हो ।

कुल बजेट रू १ अर्व ४४ करोड ९५ लाख ३९ हजार ६ सय रूपैयाको बजेट वक्तव्य मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले प्रस्तुत गर्नुभएको हो । वडाको बाह्रै महिना यातायात योग्य सडक संजाल जोड्न ७ करोड, एक वडा एक बहुआयामिक सामुदायिक भवन निर्माणका लागि ः१ करोड ५० लाख विनियोजन गरिएको छ । कृषि उत्पादनमा बृद्धि गर्ने नीति बमोजिम २५÷७५ साझेदारि सिंचाइ कुलो १ करोड ५० लाख र एक घर एक धारोको लागि १ करोड मेलम्ची नगरपालिकाको चौधौ नगरसभाबाट पारित भएको छ । कृषि आधुनिकिकरण व्यबसायिक पकेट क्षेत्र विस्तार गर्ने नीति अनुरुप १ करोड ४० लाख पशु सेवा अन्तर्गत पशु विमा, सुत्केरी पशुका लागि पौष्टिक आहारा लगायतका कार्यक्रमका लागि १ करोड १७ लाख, स्वास्थ तथा आयुर्वेदका लागि ३ करोड १९ लाख ७३ हजार युवा शिक्षा, खेलकुद अन्तर्गत बालबिकास कर्मचारीको सुविधा वृद्धि ,मेयर कप प्रतियोगिता, शैक्षिक गुणस्तर सुधार, विद्यालय बाहिर रहेका बालबालिका विशेष कार्यक्रम लगायत ८ करोड ५१ लाख ८५ हजार वजेट निर्धारण मेलम्ची नगरपालिकाले गरेको छ ।

महिला बालबालिका तथा सामाजिक समावेशीकरणको लागि उपप्रमुख संग महिला शिक्षा कार्यक्रम, महिला सशक्तीकरण , अपांगता, ज्येष्ठ नागरिक, जनजाति दलित सहकारि उत्थान सहित–१ करोड ४८ लाख ८५ हजार , फोहोमैला व्यबस्थापन ५० लाख , .मेलम्ची नगरपालिका वडा न ४, ७, ९ र १२ को वडा कार्यालयको भवन निर्माण तथा सम्पन्नताको लागि ३ करोड ४० लाख , मेलम्ची गैरीगाउँ सुनखानी सडक स्तरोन्नति बाहुनेपाटी माझीगाउँ डाडाथोक बाँसबारी भन्ज्याङ सडक निर्माण को लागि प्रदेश समपुरक अनुदान संग म्याचिङ फण्ट कायम हुने गरि कार्य गर्न ३ करोड, बस्ती स्तरबाट माग भई वडागत रूपमा योजना कार्यान्वयनका लागि १३ करोड ३६ लाख, तत्कालीन आबश्यकताको रूपमा पुर्वाधार निर्माण तथा योजना संचालन ५० लाख , ६० ÷४० साझेदारि कार्यक्रम १ करोड, क्रसर प्रभावित क्षेत्रको विकासका लागि वडा न १२ र १३ को लागि ७६ लाख ५० हजार, नगरपालिका विभिन्न कोषहरू ४ करोड २० लाख, वडा न ३ को स्वास्थ्यचौकि भवन निर्माण १ करोड, उद्यमीहरूलाई प्रोत्साहन गरि उद्बमी बनाउन २४ लाख ८३ हजार, सहकारि लक्षित कार्यक्रम २५ लाख र नगरपालिकाको प्रशासनीक तथा चालू प्रकृतिका कार्यक्रमको लागि १६ करोड २० लाख मेलम्ची नगरसभाले शनिवार पारित गरेको हो ।

मेलम्ची नगरपालिका नगर कार्यपालिका नगरसभाको १४ औँ अधिवेशन नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नंम्वर २ का सांसद मोहन बहादुर बस्नेत र सोही क्षेत्रका पूर्व सांसद तथा मन्त्री शेरबहादुर तामाङले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोह कार्यक्रममा यसै क्षेत्रका संघिय सांसद तथा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको साथमा पूर्व सांसद शेर बहादुर तामाङ, पदेश सांसद कृष्ण कुमार तामाङ “समिर” लगायतको उपस्थिती रहेको थियो ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नंम्वर २ का सांसद मोहन बहादुर बस्नेतले मेलम्चीमा २५ शैयाको अस्पताल बन्ने प्रकृया अघि बढ्ने बताउनुभएको छ । उहाँले गरिव तथा निमुखालाई निशुल्क औषधी उपचारको ब्यवस्था गर्न आफू लागी परेको पनि बताउनुभएको छ । मेलम्ची नगर अस्पताल मेलम्चीलाइ अत्याधुनिक एम्बुलेन्स दिएको बताउँदै उहाँले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्र ऐतिहासिक रूपमा अघि बढ्ने दाबी गर्नुभयो । २०७८ सालमा मेलम्चीमा बाढीले तहसनहस पार्दा केपी शर्मा ओली बाढी गएको २५ दिनपछि मात्र आएको तर आफू बाढी गएको दिनमै मेलम्ची आइपुगेको स्मरण गराउनुभयो ।

नेकपा एमालेका स्थायी कमीटी सदस्य तथा पूर्व सांसद शेर बहादुर तामाङले नेकपा एमाले सरकारमा हुँदा मेलम्ची क्षेत्रमा अरवौँ बजेट बिनियोजन बताउँदै सरकारबाट हटेपछि बजेट काटिएका कारण मेलम्चीमा पक्की पुल बन्न नसकेको बताउनुभयो । अहिले बन्न लागेको बेलिबृज अस्थाई भएकोले मेदम्चीमा पक्की पुल बनाउन जरूरी रहेको बताउनुभयो । साथै पाँचपोखरी र हेलम्बु प्रवेशद्वार मेलम्ची भएकाले यस क्षेत्रको बिकास गर्न जरूरी रहेको पनि उहााले बताउनुभयो । नगरबाट सिफारिस भएका योजनाहरू प्रदेशले पार्न नसकेको उहाँको भनाई छ । तामाङले वीर अस्पतालमा निशुल्क दिइने उपचार शेवाको लागि स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई धन्यवाद पनि दिनुभयो ।

प्रदेश सांसद कृष्ण कुमार तामाङ समिरले प्रदेशबाट दिर्घकालिन योजना ल्याउन नसकेको महसुस भएको उहाँले बताउनुभएको छ । प्रदेशमा धेरै जना सांसदहरूको राय अनुसार काम हुने र आफूले मात्रै भनेर केही नहुने भएकोले धेरै दवावमा बजेट आएको साथै धेरै जनाको माग सम्बोधन गर्न टुक्रे बजेट आएको उहाँले बताउनुभयो ।

मेलम्ची नगरपालिकाका अध्यक्ष आइतमान तामाङले शिक्षा क्षेत्रको स्तरोन्नती बिना बिकास असम्भव रहेको बताउनुभएको छ । शिक्षा क्षेत्रमा ९ करोड भन्दा धेरै बजेट बिनियोजन गरिएको बताउँदै १२ कक्षा सम्म निशुल्क शिक्षाको पहल गर्ने उहाँले बताउनुभयो । साथै नगर भित्रका १३ वटै वडामा जाने सडक १२ महिना चल्ने गरि निर्माण गर्ने पनि उहाँले बताउनुभयो । नगरले शिफारिस गरेको योजनाहरूमा प्रदेश र केन्द्रबाट बजेट नपरेको प्रति उहाँले गुनासो गर्नुभयो ।

Exit mobile version