मेयरले बिद्यालयमा युवाहरूको जोस जाँगर र सवैको समान धारणा बिकास भएको पाएँ । अझै समाजको चेतनशीलहरुको पहलमा शिक्षकहरुले योजना वनाएर समृद्ध नगर बनाउन सहयोग गर्न आग्रह गरे ।
नगरको कतिपय ठाउँमा योजना ठूलो भएर पनि दुरुपयोग भएको छैन । कतिपय थोरै रकम दिएको ठाउँमा राम्रो काम भएको भन्दै खुसि व्यक्त गरे ।
मेयर सापकोटाले बिद्यार्थीहरुको स्वास्थसंग प्रत्येक्ष जोडिएकोले नगरले प्राथमिकतामा बिद्यालयलाई राख्ने तर्क गरे ।
शिक्षाबिद् समाजसेवी शम्भु दंगालले नेपालमा ७० प्रतिशत मानिसमा पानीको कारण रोग लाग्ने गरेको भन्दै आफुले प्रभावकारी रुपमा शिक्षा क्षेत्र हुने भएकोले रोजाईमा ज्ञानमन्दिर परेको कुरा व्यक्त गरे । उनले भने यो सानो प्रयास हो, अव नगरभरी लैजाने योजना छ । उक्त योजनामा बिद्यालय, वन समूह र समुदायसम्म पु¥याउने लक्ष्य रहेको बताए ।
एकै स्थानमा ४ वटा धारा रहेको र, उक्त धारामा बोतल भरेर कक्षाकोठामा लैजाने प्रवन्ध मिलाईएको छ ।
सो मेसिन र धारा निर्माणका लागि ६ लाख २८ हजार ९ सय ६१ रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक पुन्य गजुरेलले जानकारी गराए । उनका अनुसार धारा निर्माणमा चौतारा साँगाचोकगढी नगरपालिका,लुसेन्ट ड्रप नेपाल, डा. सम्भु दंगाल र पूर्व शिशिका कल्पना दंगाले सहयोग प्रदान गरेको हो ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक उमेश कार्कीले सुन्दर संयोजन गरि सञ्चालन गरेका थिए । कार्यक्रम बिद्यार्थी , शिक्षक, बिव्यस, र अन्य समाजसेवीहरुको सहभागितामा सम्पन्न भएको थियो ।