सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट इन्द्रावती गाउँपालिकामा विकास लामा र दया मिश्रको उम्मेदवारी परेको छ ।

सोमबार इन्द्रावती गाउँपालिकाको निर्वाचन कार्यलयमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा लामा र उपाध्यक्षमा मिश्रको उम्मेदवारी परेको हो ।

सिन्धु राजनीतिमा नेपाली कांग्रेसबाट चर्चित ब्यत्ति हुन विकास लामा ! लामो समयदेखि नेपाली कंग्रेसबाट सक्रिय राजनीति गर्दै आईरहनु भएका लामाको यो पटक अध्यक्ष पदको लागि उम्मेदवारी परेको हो । इन्द्रावतीमा राम्रो छवि बनाउनुभएका लामा बलियो उम्मेदवार हुनुहुन्छ ।

नेपाली कांग्रेसबाट उपाध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएकी मिश्र यो भन्दा अघिल्लो निर्वाचनमा वडा नम्बर ४ को वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष बिमारी परेसंगै कार्यबाहक अध्यक्षको जिम्मेवारी उहाँले सम्हाल्नु भएको थियो । लामो समयदेखि नेपाली कांग्रेसबाट सिन्धुमा राजनीति गर्नुभएकी उहाँ पनि बलियो उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय