मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १ को चालु आर्थिक बर्ष २०७९/८० मा विनियोजित महिला सिप विकास तथा युवा उद्धमी कार्यक्रम र मेलम्ची नगरपालिकाको थप अनुदानमा संचालित ५ दिने सपिङ ब्याग सिलाइ ,२ दिने धुप बाट्ने र ७ दिने पोते उन्ने तालीम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका र वडा नम्बर १ को आयोजना तथा जागृत महिला वचत तथा ऋण सहकारी संस्थाको समन्वयमा भएको तालिमा वडा भित्रका ९० जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आइतमान तामाङले सिकेको सिपलाइ घरमा गएर सक्रिय ढंगले निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङ्ले उत्पादित बस्तुको बजारको ग्यारेन्टी नगरपालिकाले गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले समुहमा काम गर्न चाहनेलाई साझेदारी गर्दै आगामी दिनमा पनि यस्तै तालीम प्रदान गर्न सकिने बताउनुभयो ।

प्रमुख तामाङ्ले नगरपालिकाले विगत देखिनै यस्ता थुप्रै तालीम प्रदान गर्दै आएको बताउदै सिपलाइ खेर जान दिन नहुनेमा जोड दिनुभयो । प्रमुख तामाङ्ले स्थानीय सरकार नजिकैको सरकार भएकाले हरेक सुखदुःखमा साथ दिन नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले महिला हरुलाइ अगाडि बढ्न आग्रह गर्दै सबैको प्रतिनिधित्व सबै ठाउँमा हुन आवश्यक रहेको बताउनुभयो । तामाङ्ले भोटेचौर हरेक क्षेत्रको सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको विकासको लागि सधै नगरपालिका तयार रहेको बताउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले यहाँको आवस्यकता र समस्या हरुलाइ समाधान गर्न सधैं लागिरहेको बताउनुभयो । कार्यक्रमका विशेष अतिथि समेत रहनुभएका प्रधानले समाजका बिक्रितिलाई चिर्दै महिलाहरू सक्षम हुन आवश्यक रहेको बताउनुभयो । उहाँले पोते उन्ने,झोला बनाउने तथा धुप बनाउने तालिमले यहाँका महिला हरुको आर्थिक विकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

उपप्रमुख प्रधानले महिलाहरुको नेतृत्व विकासको लागी महिला सहकारी मार्फत यस्ता कार्यक्रम अगाडि बढाउन पर्नेमा जोड दिनुभयो । प्रधानले अहिले बनेको झोलाको प्रबर्द्धनको लागि प्लास्टिक मुक्त वडा घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष कृष्णमुरारी चौलागाईंले तालीमले यहाँको महिलाको विकासको लागी टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले आगामी योजना तथा विगतमा भएका कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिदै वडाका समस्याका बारेमा जानकारी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा निबर्तमान वडा अध्यक्ष कृष्ण चौलागाईंले तालीमले सिप विकास भएको उल्लेख गर्दै आम्दानीको स्रोत थपिएको बताउनुभयो । उहाँले आगामी दिनमा सिकेका कुरालाई निरन्तरता दिन आग्र गर्नुभयो । वडा सदस्य लालबहादुर तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम वडा सचिव भुपेन्द्र कुलुङ्ले संचालन गर्नुभएको थियो । तालिमको लक्ष्मी बि.क. र निर्मला वि.क.ले सहजीकरण गर्नुभएको थियो । तालीम यहीँ जेठ १४ गते देखि २० गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय