सिन्धुपाल्चोक । आन्तरिक पर्यटन प्रवर्द्धनार्थ नेकपा एमाले सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क मन्चले पाँचपोखरी पदयात्रा आरम्भ गरेको छ ।

शुक्रवार सम्पर्क मन्चले काठमाडौँमा रहेका एमाले नेताहरुको टोलिसहित पाँचपोखरी पदयात्रा आरम्भ गरेको हो ।

सिन्धुपाल्चोकमा रहेका ऐतिहासिक महत्वका धार्मिक पर्यटकीय स्थलको प्रचार-प्रसार तथा प्रवर्द्धनार्थ सम्पर्क मन्चले उक्त भ्रमण आयोजना गरेको एमाले सिन्धुपाल्चोक काठमाडौँ २ नम्बर क्षेत्रीय अध्यक्ष पशुपतिनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

भ्रमण टोलिमा एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष कमल नेपाल,सम्पर्क मन्चका अध्यक्ष राजन आचार्यलगायत विभिन्न कमिटीमा रहेका नेताहरुको उपस्थिति रहेको थियो ।

आन्तरिक पर्यटन प्रवर्द्धनार्थ आएका एमाले नेताहरुलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाले विशेष स्वागत गरेको थियो । थाङ्पाल भ्याली माध्यामिक विध्यालय विभिन्न वडाका वडाध्यक्षहरुले भ्रमण टोलिका नेताहरुलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय