मेलम्ची । मेलम्ची नगरपालिका र नगर बाल सञ्जालबिच आज छलफल भएको छ । छलफल बाट आगामि आर्थिक बर्ष २०८०÷०८१ को लागि २१ वटा योजनाहरू प्राथमिकिकरण गरि नगरसभामा पेश गर्ने निर्णय भएको नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो । नगर बाल संजालका सचिव अविशेक लामिछानेको अध्यक्षतामा मेलम्ची नगरपालिका नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य तथा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा भएको छलफलले योजनाहरुको प्राथमिकिरण गरेको हो । कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, सामाजिक विकास समितिका संयोजक अमृत खनाल, प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल,लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय