सिन्धुपाल्चोक। नेकपा माओवादी केन्द भोटेकोशी गाउँ कमिटीले सामुहिक राजीनामा घोषणा गरेका छन् । अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधि सहित पार्टीका क्रियाशील सदस्यहरुले एक बत्तव्य निकाल्दै सामाुहिक राजीनामा गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै गाउँ कमिटी कार्यालय भोटेकोशीले सामूहिक राजीनामा घोषणा गरेको हो । राजीनामा दिनेमा माओवादी केन्द्रबाट निर्वाचित भएका वडा नं। २ का वडा अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठ,भोटेकोशी गाउँपालिका पार्टी इन्चार्ज आङछिरी शेर्पा,निर्वाचित उपाध्यक्ष दावुटी शेर्पा लामा, भोटेकोशी गाउँपालिका अध्यक्ष लाक्पा शेर्पा, उपाध्यक्ष फुर्पा शेर्पा लगायत सिङ्गो भोटेकोशी गाउँपालिका कमिटी नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय