-✍रमेश चालिसे

विश्व’ र ‘व्यापी’ दुई शब्दको मिलनबाट विश्वव्यापी शब्द बनेको छ। विश्वव्यापी शब्दमा करण प्रत्यय लागेर विश्वव्यापीकरण बनेको हो। विश्वव्यापीकरण विकासको पछिल्लो परिभाषा हो । जसलाई अर्को शब्दमा नेपालीमा भूमण्डलीकरण पनि भनिन्छ । विश्वव्यापीकरण निरन्तर चलिरहने गतिशील प्रकिया हो

परम्परागत रूपमा विश्वव्यापीकरण भन्नाले अर्थतन्त्रलाई जोड्ने प्रक्रिया हो भनी सीमित अर्थमा बुझ्ने गरिन्थ्यो।आधुनिक विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र सांस्कृतिक लगायतका सबै विषयमा साझा मूल्य मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान नै विश्वव्यापीकरण हो। यसले देशहरूबिच वस्तु, सेवा, पुँजी, प्रविधि, सूचना र मानिसहरूको सीमा विहीन रूपमा स्वतन्त्र प्रवाहलाई मान्यता दिने गर्दछ। विश्व बैङ्कले यसका प्रमुख तीन पक्षका रूपमा व्यापार, वित्तीय प्रवाह र सूचना प्रविधिलाई लिएको छ।

विश्वव्यापीकरण सीमाना बिहिन संसारको अवधारणा हो जहाँ वस्तु, सेवा, प्रविधि र पूँजी एक देशबाट अर्को देशमा सजिलै ओहोरदोहोर गराउन सकिन्छ । विश्वमा,राजनीतिक,आर्थिक, सामाजिक, प्रशासनिक र संस्कृतिक लगायतका सबै विषयमा साझा मूल्यमान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान नै विश्वव्यापीकरण हो भनेर भनियतापनि यसको मुख्य केन्द्रविन्दु आर्थिक पक्ष नै हो। विश्वव्यापीकरणको आधुनिक मान्यता उदारीकरणको माध्यमबाट विकसित भएको हो र विज्ञान र प्रविधिको विकासले विश्वव्यापीकरण लाई तीव्रता दिएको छ। विकासका समसामयिक मुद्दाहरु मध्ये विश्वव्यापीक

विश्वव्यापीकरणका विशेषताहरु

– ­­स्वतन्त्र व्यापार

– लगानी ,उत्पादन, श्रम व्यापार, प्रविधिको विश्वव्यापी प्रभाव हुन्छ
-स्वतन्त्र व्यापार, आर्थिक खुलापन , बजार शक्तिहरूको प्रधानता,उदारीकरणजस्ता पक्षलाई जोड दिन्छ

– आर्थिक क्रियाकलापको सीमारहित सम्बन्ध रहन्छ

-अबसर पहुँच र प्रतिस्पर्धाको तीव्र विकास हुन्छ

-साना र कमजोर राष्ट्रका प्राकृतिक स्रोतको दोहन ज्यादा हुन्छ

-विश्वव्यापी अर्थतन्त्रको एकीकरणलाई बुझाउँदछ

-विश्वव्यापी संस्थाहरूको ज्यादा प्रभाव रहन्छ र विकासोन्मुख राष्ट्रका सरकार कमजोर बन्न सक्छन्

विश्वव्यापीकरणका बेफाइदा /दुर्बल पक्ष

-अस्थिरता र वैदेशिक प्रभाव वृद्धि

-स्थानीय बजारमा घटोत्तरि

-आर्थिक असमानताको खतरा बढ्ने

– प्रतिस्पर्धा गर्न नसक्नेको अस्तित्व हरण

-आतंककारी गतिविधि विस्तार हुन सक्ने

-अर्थतन्त्र परनिर्भर मुखी हुँदै जाने

विश्वव्यापीकरणका फाइदाहरु:

-गुणस्तरीय वस्तु तथा सेवाको उपलब्धता

– अन्तरास्ट्र्य बजारमा पहुँचहुन प्रतिस्पर्धी भावनाको विकास

-विश्वव्यापी व्यापार प्रवर्द्धन

-उत्पादन र उत्पादकत्व वृद्धि

-ज्ञान ,सीप ,प्रविधि र क्षमताको आदानप्रदान

-विदेशी श्रोत र साधनको उपयोग

-सामाजिक सास्कृतिक अनुभव हस्तान्तरण

-विदेशी लगानी आकर्षण

विश्वव्यापीकरण र विकास

विकास एक बहुआयामिक अवधारणा हो जसबाट आर्थिक, सामाजिक, राजनीतिक, मानवीय लगायत विभिन्न क्षेत्रको सर्वाङ्गीण समुन्नति प्राप्त हुन्छ। विश्वव्यापीकरणमा ( संयुक्त राष्ट्रसंघ ) आबद्ध भएपछि नेपालको विकासमा यसको सकारात्मक तथा नकारात्मक दुवै असर तथा प्रभाव रहेको छ।

नेपालको विकासमा विश्वव्यापीकरणले सृजना गरेका सकारात्मक प्रभाव

-लोकतान्त्रिक मूल्य मान्यताको विकास, विधीको शासन र समावेशीकरणमा जोड

-बिदेशी लगानीहरु भित्रिएको तथा विदेशी लगानीमा उद्योगधन्दाहरुको संचालन भएको

-विप्रेषणको रकम प्राप्त भएको र जसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिने अवसर रहेको

-विश्वव्यापी सञ्जालको विकास

-असल,कुशल उत्तरदायी एवं प्रभावकारी शासन

-प्रतिस्पर्धात्मक व्यावसायिक वातावरण निर्माण भएको

नेपालको विकासमा विश्वव्यापीकरणले सृजना गरेको नकारात्मक प्रभाव

-अर्थतन्त्र परनिर्भरता मुखी हुँदै गएको

-राजनीतिमा बैदेशिक हस्तक्षेपको ज्यादती मौलाउँदै नीतिगत भ्रष्टाचार

-अलोकतान्त्रिक प्रतिस्पर्धा

-लघु तथा मझौला उधोग संकटमा

-धनी र गरिबबीचको खाडल बढ्दो क्रममा रहेको

-मौलिक,सामाजिक मूल्य मान्यतामा ह्रास

-दाताको स्वार्थ हाबी हुँदा प्राकृतिक स्रोत साधनको दोहन

-परनिर्भरता र आर्थिक अपराध

-अति कम विकसित मुलुकबाट प्रतिभा पलायन

-अन्य राष्ट्रसँग परनिर्भर रहनु पर्ने हुँदा राष्ट्रिय महत्वका सूचनामा गोप्यता राख्न कठिनाई
विश्वव्यापीकरण बाट लाभ लिन चाल्नुपर्ने कदमहरु

-असल राजनीतिक संस्कृतिको विकास गर्ने तथा राजनीतिक स्थिरताका कायम गर्ने

-तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरूको विकास गर्ने जस्तो; पर्यटन ,विद्युत, जडिबुटि, नगदे बाली आदि

-विप्रेषणलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्दै स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने

-ब्रेन ड्रेन समस्यालाई सम्बोधन गर्न रोजगारीको सृजना गर्ने

-वस्तु उत्पादन भन्दा पनि सेवा क्षेत्रको विकास जस्तो हवाई सेवा, होटल,रिसोर्ट ,सफ्टवेयर विकास, स्वास्थ्य सेवा, खेलकुदका माध्यमबाट लाभ लिने

-सार्बभौमसत्ता र राजकीयसत्तामा प्रयोगमा आउने दबाब र असरलाई अन्तर्राष्ट्रिय कूटनीति मार्फत सम्बोधन गर्ने

दाताको स्वार्थ हाबी भएको लगानी र सहयोगलाई ठाडै अस्वीकार गर्ने

निष्कर्ष
आजको विज्ञान र प्रविधिको युगमा कुनै पनि राज्य अर्को राज्यसँग अलगिएर रहन सक्तैन किनभने राज्यहरु बीच बहुआयमिक क्षेत्रमा गहिरो अन्तरसम्बन्ध र अन्तरनिर्भरता रहेको छ। जुन राज्यले समयसापेक्ष रुपमा आफ्नो क्षमता अभिवृद्धि गरी सकारात्मक गन्तव्यतर्फ लम्कन्छ उसले विश्वव्यापीकरण बाट पर्याप्त लाभ प्राप्त गर्न सक्दछ।यसैले विश्वव्यापीकरणबाट लाभान्वित हुनकालागि बेलैमा यस प्रतिकूल प्रभावलाई न्युनिकरण गर्दै तुलनात्मक र प्रतिस्पर्धात्मक लाभको क्षेत्र पत्तालगाई क्षमता अभिवृद्धि गर्दै विकासको गतिमा अगाडि बढ्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय