सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यालय भवनमा तोडफोड भएको छ गएराति अज्ञात समूहले गाउँपालिका कार्यालयको विभिन्न शाखा,गाउँपालिका अध्यक्ष निवासका कोठा आसपासका पसल फोडेको र सिसी क्यामेरासमेत फुटाएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाको कृषि पशुसेवा शाखा,पञ्जीकरण शाखा,स्वास्थ्य,भण्डारण,अध्यक्ष निवासका ४वटा कोठाहरु र स्थानिय हरिचन्द्र श्रेष्ठ,राजेश श्रेष्ठ र देउकुमारी तामाङको पसल ताल्चा तोडफोड गरी गाउँपालिकाको ३५ हजार ५ सय नगद र २ जना स्थानियको गरि ४५ नगद चोरी भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक नवराज सापकोटाले जानकारी दिनुभयो ।

कार्यालय तोडफोड भएको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । घटना प्रति गाउँपालिकाले एक विज्ञप्ती निकालेर भत्सना गरेको छ । यस घटना सुनुयोजित रुपमा गाउँपालिकालाई बद्नाम गराउने उद्धेश्यले घटाइएको दावि गर्दै दोषि कारवाहिको कठघरामा उभ्याइने प्रतिबद्धता समेत जनाइएको छ । गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई द्धारा जारि विज्ञप्तीमा यस्ता घटना घट्न सक्नेप्रती पालिकावासिहरुमा सचेत र सजक रहन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय